जुम्लामा हाईड्रोपोनिक चारा उत्पादन परीक्षण प्रविधि सुरु

हिमाली जिल्ला जुम्लामा हाईड्रोपोनिक चारा उत्पादन परीक्षण प्रविधि सुरु गरिएको छ । युएसएआईडीको आर्थिक तथा वाईन्ड पावर प्रा.लि.को प्राविधिक सहयोगमा तिला गाउँपालिका ३ जुम्ला कुडारीस्थित महिलाद्वारा सञ्चालित हिमाली वचत तथा ऋण सहकारी संस्था लिमिटेडमा यो प्रविधि सुरु गरिएको हो ।

वाईन्ड पावरले जुम्लामा पुसबाट सुरु गरेको यो प्रविधिअन्तरगत चिसोमा गाईवस्तुको आहारका लागि हाईड्रोपोनिक चारा उत्पादन लाभदायिक देखिएको छ । बेमौसमी समयमा गाईवस्तुलाई हरियो एवं पौष्टिक आहार दिएर दुध तथा मासुजन्य वस्तुको उत्पादनमा वृद्धि ल्याउने लक्ष्य राखेर सुरु गरिएको यो प्रविधि जलवायु परिवर्तन अनुकूलनमा पनि सहयोगी रहेको वाइन्ड पावर प्रा.लि.नेपालका निर्देशक कुशल गुरुङले बताए।

“वर्षमा पाँच महिना भन्दा बढी हरियो आहारा नपाउने सुख्खा क्षेत्रका जिल्लाहरुको पशुवस्तुहरुको स्वास्थ्य र उत्पादनमा वृद्धि ल्याउने ध्येय राखेर परीक्षण प्रविधि सुरु गरिएको हो । उच्च प्रविधिको प्लाष्टिक टनेलभित्र माटोरहित जमरा उत्पादन गरिन्छ ।”

यस विषयमा सहकारीमा आवद्ध किसानहरुलाई प्रा.लि.ले सैद्धान्तिक तालिम प्रदान गरेको निर्देशक गुरुङको भनाई थियो । प्रा.लि.का व्यवस्थापक सिसन महर्जनले एक दिनमा ५० किलोग्राम हाइड्रोपोनिक चारा उत्पादन गर्न सकिनेछ। हाइड्रोपोनिक भनेको जमरा उत्पादन गर्ने प्रविधि हो । गाउँघरमा माटो हालेर जमरा उत्पादन गरिन्छ तर यो प्रविधि अनुसार बीउमा पानी मात्र हालिन्छ,” उनले भने, “यसरी उत्पादन हुने जमराको जरामा पोषक तत्व हुने भएकोले पशुवस्तुलाई जरैदेखि खुवाइन्छ ।” हिमाली जिल्लाहरुमा हिउँदको समयमा पशुवस्तुको पौष्टिक आहार उत्पादन गर्न परीक्षण प्रविधि सुरु भएको व्यवस्थापक महर्जनले बताए।उनले परीक्षण प्रविधि सफल भएमा हिमाली जिल्लाहरुमा विस्तार गरिनेछ ।


उनले भने, “यो बाँसमा वा प्लाष्टिक ट्रेमा अन्न भिजाई टनेलभित्र राखेर दुई हप्तामा उमार्न सकिन्छ । जौं र गहुँ जस्ता अन्न उमारेर हाईड्रोपोनिक चारा उत्पादन गरिन्छ । यो प्रविधि किसानहरुले आफैले गर्न सके अँझ बढी लाभदायक हुने देखिन्छ ।” हिमाली महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड कुडारी जुम्लाका व्यवस्थापक मुनिनाथ योगीले एक केजी बीउबाट पाँचदेखि छ केजी उत्पादन गर्न सकिने उनको भनाई थियो ।

“उत्पादित चारा हामीले प्रति केजी रु.५५ मा बेच्न खोज्यौं तर यहाँ अहिलेसम्म किसानहरुले किनेर पशुवस्तुहरुलाई खुवाउने संस्कार नभएकोले खपत गर्न समस्या भयो,” उनले भन्नुभयो व्यवस्थापक योगीका अनुसार प्रा.लि.ले चारा उत्पादनका लागि आवश्यक समान र प्लाष्टिक सहयोग गरेको छ । जौं गहुँको बीउ सहकारी सदस्यहरुले जुगाड गरेका छन् ।

एक हजार पाँच सयको ३० केजी बीउ संस्थाले किनिदिएको हो । जमरा बहुउपयोगी भएकोले यसबाट जुस निकाल्ने मेसिन र प्रशोधित जुस नेपाली बजारमा निर्यातका लागि सहयोगी संस्थालाई आवश्यक समन्वय गरिदिन अनुरोध गरे।युएसएआईडी कर्णाली जल परियोजनाअन्तरगत तिला जलाधार परियोजनाका जलाधार सल्लाहकार नरबीर ऐडीले हाईड्रोपोनिक चारा उत्पादन प्रविधि परीक्षण अवस्थामा रहेको बताए ।

माटो नराखी बीउलाई पानीमा भिजाएर उत्पादन गर्ने प्रविधि सरल र छरितो नै देखिन्छ,” उनले भन्नुभयो, “मूलतः यसबाट उत्पादन हुने जमरा बहुउपयोगी छ जसलाई चाराका रुपमा मात्र प्रयोग नगरी जुस बनाएर बजारमा बेच्न सकिन्छ ।”जमराको जुस ठूलो परिमाणमा उत्पादन हुन सक्ने अवस्थामा भएमा स्थानीय बजारदेखि बाहिर पनि बेच्न सकिने बारेमा सोच्न सकिने सल्लाहकार ऐडीको भनाई थियो ।

यता तिला गाउँपालिका ३ कुडारीस्थित दुईवटा भैंसी पाल्दै आउनुभएका सहकारी सदस्य कल्पना हमालले चारा खुवाउँदा सुरुमा केही असर गरेपनि अहिले दुधमा सुधार आएको बबताउँछिन्। पहिलो पटक भैंसी यसरी हिउँद हरियो चारा खुवाइएकोले यसको वास्तविक परिणाम आउन एक÷दुई महिना पर्खनुपर्ने उनको भनाई छ ।

हाल ६८ लाख ८६ हजार २७८ सम्पति रहेको सहकारी संस्थामा एक जनजाति, दुई सय १५ दलित, चार सय १३ अन्य सदस्य गरी छ सय १९ महिलाहरु आवद्ध रहेका छन् । सहकारी सदस्य गोरीकला कामी, बिजुली योगी, कल्पना हमाल, मञ्जु बोहोरा र संस्था बाहिरको कृषक रामबहादुर रावलले १०÷१० केजी चारा उत्पादन गर्दै आउनुभएको छ ।

जुम्लामा हाईड्रोपोनिक चारा उत्पादन परीक्षण प्रविधि सुरु

एमाले प्रदेश उपसचिवमा शाही कि खड्का विवाद