२०८२ फाल्गुन ५ गते
×

Now Playing

१६ हजार भन्दा बढी मूल्यका सामान नष्ट


आइतबार गरिएको सिमकोट बजार अनुगमन कार्यबाट सोह्र हजार मूल्यका दैनिक उपभोग्य सामान नष्ट गरिएको छ । उपभोक्ताले प्रयोगका लागि हितकर नदेखिएको उपभोग्य सामग्री अनुगमन टोली बरामद गरेर नष्ट गर्ने निर्णय गरेको हो ।

अनुगमन टोलीका संयोजक सहायक जिल्ला अधिकारी अमृत सुवेदीले बजार अनुगमन कार्यलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउँदै अब एक्सनमै जानुपर्ने अवस्था आएको बताए ।

टोलीले सोह्र हजार मूल्य बराबरका विभिन्न सामग्री बरामद गर्दै नष्ट गर्ने कार्य पनि गरेको छ । अघिल्लो पटक अनुगमनमा निस्कँदा यस पटकलाई माफ गर्नुहोला तर पछिल्लो पटक सबै सुधार गरेर राख्ने बताउने व्यापारीले पछिल्लो पटक जाँदा पनि कुनै सुधार हुन नसकेको देखिएपछि कारबाहीमा उत्रिने अवस्था आएको हो ।

यसले गर्दा व्यापारीले आफ्नो व्यवसाय नियम संगत रुपमा गर्नुपर्ने देखिएको छ । सिमकोट बजारमा सञ्चालनमा आएका सबै किसिमका ब्यापारीले सबै किसिमको सामान एउटै पसलबाट बिक्री गर्ने कार्य नै गलत भएको देखिएको बताए ।

ब्यापारीले तरकारी, मासु, मदिरा, चुरोट, भाँडादेखि लत्ताकपडा सबै एउटै पसलबाट बिक्री गर्दै आएका छन् ।

उपभोक्ताले स्वस्थ खानेकुरा उपभोग गर्न पाउने अधिकार रहेको छ । जुन नियमविपरीत ब्यापारीले गरिरहेका छन् ।

त्यसैगरी मूल्यसूची नटाँसिएको, लेखापरीक्षण नगरेको, करचुक्ता नभएको, पुँजी कम देखिएर कारोबार बढी गरेको लगायत कार्य सबै किसिमको पसलका साझा समस्या देखिएका छन् । बजार अनुगमनमा निस्किएका उनले यसपटक सुधारिने अन्तिम अवसर दिएको र अर्को पटक यस्तै अवस्था देखिए जरिवाना र कारबाही गरिने बताए । आइतबार सिमकोट बजारका पाँच वटा ठूला पसलको अनुगमन गरिएको थियो ।

१६ हजार भन्दा बढी मूल्यका सामान नष्ट

पत्रकार सुरेश राससको उत्कृष्ट फोटोग्राफरको रुपमा पुरस्कृत

१६ हजार भन्दा बढी मूल्यका सामान नष्ट

भेरी–बबईको ६५ प्रतिशत प्रगति, रातदिन जनशक्ति परिचालन