सम्पादकीय : बर्षेनी हुने वृक्षारोपण र उपलब्धी

यो समय भनेको कुनै न कुनै अवसर पारेर बृक्षारोपण गर्ने लहर चलेको देख्न सकिन्छ । तर कसैले पनि मैले यतिवर्ष अगाडी रोपेक बिरुवाको हालको अवस्थाको प्रचार गरेको भने पार्ईएको छैन । किनकि एक दिन देखाउनलाई हातमा पञ्जा लगाएर अरुले खनिदिएका खाल्डोमा सस्तो लोकप्रियताका लागी विरुवा रोपेको फोटो पोष्ट्याउनलाई गरेको हो भन्ने सहजै बुभ्mन सकिन्छ । बिरुवा रोप्नुमात्र उपलब्धि त पक्कै होईन होला क्यारे नि, त्यसको भावि अवस्था के हुने भन्ने कुरा ख्याल नगरिकनै लहडको भरमा या त असारमा बजेट सक्काउने उद्देश्यले मात्र पनि रोपेको नाटक गरेका हुन्छन । त्यो मध्येमा बृक्षारोपण गर्नेहरुमध्ये लगभग ९५ प्रतिशत जस्तोले प्रचारकै लागी सहभागी भएका हुन्छन ।
विभिन्न सरकारी तथा गैरसरकारी निकायले बिल मिलाउन सजिलो उपाए खोज्दा बृक्षारोपण भेटेका छन् । तर त्यसको संरक्षणको पाटो भने कसैले पनि ख्याल गरेको पाईएको छैन । उद्देश्य भनेको कामको नाममा बिल मिलाएर बजेट सक्ने मात्रै हो त ? भएकै रुख विरुवाको संरक्षणमा भने खासै कसैको ध्यान गएको त पाईदैन । अरु त अलिअलि खर्च गर्न मिल्नेगरी बजेट पाए गर्ने हुन तर वन नै संरक्षणका नाममा स्थापित कार्यालयले समेत त्यसमा ध्यान दिएका छैनन । कामको नाममा बिल बनाएर खान मिल्ने ठाँउ जस्तै बिरुवा खरिद, खाजा खाना, जनचेतनामुलक पर्चा पम्प्लेट छपाई लगायतका कामको बिल पेश गरेर बजेट सक्ने काम राम्रैसंग गरेका छन् । तर त्यसको उपललब्धि हेर्दा त्यही विल भरपाईका आधारमा सफलता निर्धारण गर्ने प्रचलनका कारण पनि त्यो सहज बनेको हो । बजेट र कार्यक्रम हेर्दा कुनै पनि स्थान खाली नहुनु पर्ने हो तर विडम्बना भनौं अहिले हाम्रा जंगलहरु धेरै जसो नाङ्गा डाँडाका रुपमा परिवर्तन भएका छन् । भुई घाँस बाहेक ठुला रुख अलिअलि बाहेक पोथ्रा रुखहरु देख्न पाईदैन । बर्षै साल बृक्षारोपणको नाममा खर्च भएको बजेटका रुखहरु कहाँ गए ? कसलाई चासो छ यहाँ ? कसले खोजि दिने ? खोजेर देखाउँछ कसले ? जस्ता प्रश्नहरुको मौखिक उत्तर पाउन सकिएला तर त्यो पूर्ण भने हुँदैन । रुख रोपिन्छन विल र भरपाईमा मात्र भेटिन्छन न कि बृक्षारोपण गरेको स्थानमा ? कहाँ जान्छन ति रुखहरु ? किन भेटिँदैनन त्यसको अवशेषहरु पनि ? कसले खोजीदिने ? नभेटिने कामका लागि बर्षै साल करोडौं बजेट खर्च हुन्छ चाँही के मा ? किन हरेक वर्ष बृक्षारोपण गर्न जरुरी छ र ? बृक्षारोपणको अवस्था हेर्ने हो भने त एक ठाँउ पनि खाली नहुनु पर्ने । सबै तिर साना, पोथ्रा र ठुला रुखहरुले भरिभराउ हुनुपर्ने हो । तर नामो निसानासम्म नभेटिनुले के सन्देश दिन्छ ?
हरेक वर्ष बृक्षारोपणको नाममा बिल भरपाई बनाएर बजेट भ्mवाम पार्ने प्रबृत्तिको अन्त्य हुनुपर्छ । बृक्षारोपण गर्ने कार्यालय या व्यक्तिले समेत सिमित अवधि ५÷७ वर्षको त्यसको संरक्षणको जिम्मा लिनुपर्छ । नत्र उपलब्धि विहीन खर्च बर्षैसाल किन गर्ने ? बन डढेलो रोक्ने काम मात्रै गर्ने हो भने पनि २ वर्ष गरेको बृक्षारोपणले कम्तीमा २० वर्षलाई काम गर्छ । कडाईका साथ डढेलो नियन्त्रण गर्ने हो भने बर्षैसाल बजेट खाने बाटो बन्द हुन्छ भनेर । डढेलो लाग्दा निदाउने वन संरक्षणको जिम्मा लिएका कार्यालय र वनका नाममा जागीर खाएकाहरु चिर निन्द्रामा सुत्छन अनि वर्षा सुरु हुन थालेपछी व्युझिएको नाटक गरेर बिल मिलाएर बजेट सक्नमा तल्लिन हुन्छन । हो यिनैले गर्दा प्रचार गर्नेहरुलाई पनि सजिलो भएको हो । अव यि बिल मिलाएर खानेहरुका दिनको पनि अन्त्य हुनुपर्छ र आवश्यकताको आधारमा रकम खर्च र सदुपयोग हुनुपर्छ ।






