कालिकोटमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जना घाइते

ट्र्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । खाडाचक्र नगरपालिका–३ ताडीमा आइतबार विहान १० बजे तिला कर्णाली क्याम्पसबाट काठ बोकेर ओरालो ताडी बजार झर्ने क्रममा आधारभूत स्वास्थ्य इकाइबाट चिप्लिएर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाकाअनुसार कर्णाली प्रदेश ००१ त ०४७८ नम्वरको ट्र्याक्टर दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका हुन् । ट्र्याक्टर दुर्घटनामा खाडाचक्र नगरपालिका–३ घर भएका २५ वर्षीय चालक गणेश पाण्डे र सान्नी त्रिवेणी गाउँपालिका–५ का १५ वर्षीय अपिल विश्वकर्मा घाइते भएका छन् ।

विश्वकर्मालाई बढी चोट लागेको छ । उनको जिल्ला अस्पताल मान्ममा उपचार भइरहेको छ भने चालकको हातको औला भाँचिएको छ । ओरालोमा ब्रेक नलागेपछि ट्र्याक्टर स्वास्थ्य चौकीबाट अन्दाजी ५० मिटर तल खसेको अस्थायी प्रहरी विट ताडीका वरिष्ठ हवलदार बलवहादुर भण्डारीले बताए ।

कालिकोटमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जना घाइते

नेप्सेमा हालसम्मकै उच्च रकमको कारोबार, परिसूचक ९४

कालिकोटमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जना घाइते

सम्पादकीय : जंगली जनावारबाट आतंकित स्थानीय