२०८२ फाल्गुन ५ गते
×

Now Playing

तथ्याङ्क संकलनका समस्या बारे गोष्ठी


आर्थिक तथ्याङ्कको महत्व, उपादेयता तथा तथ्याङ्क संकलनका समस्याहरु विषयक एक दिने गोष्ठी बुधबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । आर्थिक गतिविधि अध्ययन प्रतिवेदनका लागि तथ्याङ्क उपलब्ध गराउने उद्यमी, सरकारी कार्यालयका प्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि लगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तथ्याङ्क प्रदायक उद्यमी, सरकारी कार्यालयका प्रतिनिधि, बैक तथा वित्तीय संस्थाका प्रतिनिधि लगायत अन्य सरोकारवाल निकायका प्रतिनिधिहरुलाई आर्थिक तथ्याङ्कको महत्व, उपादेयता तथा तथ्याङ्क संकलनका समस्या तथा चुनौतिहरुका बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक, आर्थिक अनुसन्धान विभागका निर्देशक नारायण प्रसाद पोखरेलले विश्व अर्थतन्त्र, समष्टिगत आर्थिक परिसूचक, राष्ट्रिय कृषि स्थिति, उद्योग क्षेत्र, निक्षेप तथा कर्जाको स्थिति, अध्ययनको आवश्यकता तथा चुुनौतीहरुका बारेमा कार्यपत्र प्रस्तुत गर्नुका साथै सहभागिहरुको जिज्ञासा सम्बोधन गरेका थिए ।

सुर्खेत कार्यालयका कार्यालय प्रमुख तथा उप–निर्देशक बाबुराम कोइरालाले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै उनले आर्थिक गतिविधि अध्ययनको आवश्यकता र विद्यमान ढाँचा, आर्थिक गतिविधि अध्ययनमा समावेश गरिएका क्षेत्रहरु, तथ्याङ्क उपलब्ध गराउने सरोकारवाला निकायहरु, तथ्याङ्क संकलनका ढाँचा, तथ्याङ्क संकलनका समस्याहरुका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यालयका सहायक पंख प्रसाद आचार्यले स्वागत मन्तव्य राखेको कार्यक्रम नेपाल राष्ट्र बैंक सुर्खेत कार्यालयका प्रमुख बाबुराम कोइरालाको अध्यक्षत तथा नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका निर्देशक नारायण प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल, सुर्खेत चेम्वर अफ कमर्सका अध्यक्ष चिन्तामणि शर्मा, मदन भण्डारी राजमार्ग योजनाका प्रमुख, कृषि विकास निर्देशनालयका कृषि अर्थ विज्ञ रामभक्त अधिकारी, मध्यपश्चिम विश्वविद्यालयका सहप्राध्यापक डा.पूर्णमान श्रेष्ठ, सुर्खेत बहुमुखि क्याम्पसका प्रमुख माधव प्रसाद खनाल, प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत, उद्योग तथा उपभोक्त हित संरक्षण निर्देशनालयका नि. निर्देशक, स्वास्थ्य सेवा निर्देशनालयका प्रतिनिधि, खानेपानी, सिँचाई तथा उर्जा विकास निर्देशनालयका प्रतिनिधि सहभागिता रहेको थियो ।

तथ्याङ्क संकलनका समस्या बारे गोष्ठी

चालु आवमा ५.१ प्रतिशत आर्थिक वृद्धि हुने

तथ्याङ्क संकलनका समस्या बारे गोष्ठी

दसैँको मुखमा जुम्लामा बजार अनुगमन : ७