२०८२ फाल्गुन ५ गते
×

Now Playing

बेपत्ता बुढाको शव पाँच दिनपछि पर्याे फेला

जुम्लाको पातारासी गाउँपालिका –४ स्थित लुम काठेपूलबाट खसेर बेपत्ता भएका हरिकृष्ण बुढाको शव फेला परेको छ । आइतबारदेखि दिउँसो फेला परेको हो । गत बुधबार लुमकाठेपूलबाट खसेर बेपत्ता भएका बुढाको शव पाँचदिन पछि फेला परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले बताए ।

प्रहरीका अनुसार २८ वर्षीय बुढाको शव भेटिएसँगै आफन्तले सनाखत भइसकेको छ । प्रहरी चौकी डिल्लिचौर बाट प्रहरी सहायक निरिक्षक कबिराम जैसीको कमाण्डमा खटिएको प्रहरी टोली र आफन्तहरुले खोजतलास गर्दै जाने क्रममा घटना स्थलको लुम पूलबाट करिब १३/१४ किलामिटर तल उर्थुभन्दा माथि शव भेटिएको चन्दले बताए ।

उनले पातारासी गाउँपालिका–६ साँग भन्ने स्थानमा बिच नदीमा तार जालीमा निज मृतकको प्वाइन्टमा अड्कीयको अबस्थामा फेला परेको थियो । बेपत्ता भएकै दिनदेखि सुरक्षा टोली खोजी कार्य जारी राखेको थियो । गत बुधबार बिहानै ८ बजे लासीबाट तल्फी जानेक्रममा १ प १८२० नम्बरको मोटरसाइकल लुमको काठे पुलबाट जवा नदीमा खसेको थियो ।

बेपत्ता बुढाको शव पाँच दिनपछि पर्याे फेला

YUGAAWHAN NATIONAL DAILY (2081-05-17)

बेपत्ता बुढाको शव पाँच दिनपछि पर्याे फेला

रवि लामिछानेको आरोपः कर्णालीको विकासमा नेताहरूको असफलता