कांग्रेसले प्रधानमन्त्रीलाई बुझायो चार मन्त्रीको नाम, पूर्णबहादुरलाई उपप्रधानसहित रक्षामन्त्रीकाे जिम्मेरवारी

काठमाडाै‌ । नेपाली कांग्रेसले पहिलो चरणमा चार जनालाई सरकारमा पठाउने भएको छ ।

सभापति शेरबहादुर देउवाले कांग्रेसबाट चार जना मन्त्रीको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएका छन् । कांग्रेसबाट सरकारको नेतृत्व गर्दै उपसभापति पूर्णबहादुर खड्का उपप्रधानसहित रक्षामन्त्री बन्ने भएका छन् ।

यसैगरी, डा.प्रकाशशरण महत, रमेश रिजाल र सीता गुरुङ पनि मन्त्री बन्दैछन् । महतले अर्थमन्त्री, रिजाल उद्योग र गुरुङ शहरी विकासमन्त्री बन्नेछन् । सभापति देउवानिकट स्रोतका अनुसार अन्तिम समयसम्म केही मन्त्रीको मन्त्रालय परिवर्तन हुने सम्भावना पनि रहेको छ ।

कांग्रेसको शेखर कोइराला समूहले तीन मन्त्री नपाएसम्म सूची नदिने बताएपछि शुक्रबार पहिलो चरणमा चार जनालाई मात्रै सरकारमा पठाउन लागिएको हो । देउवाले कोइराला समूहका लागि दुई मन्त्रालय छुट्याएका छन् ।

कोइराला समूहले तीन मन्त्रालयको दाबी गरेपछि डा. शशांक कोइरालालाई एक मन्त्रीको कोटा दिने देउवाको तयारी रहेको स्रोतको दाबी छ ।

कांग्रेसले प्रधानमन्त्रीलाई बुझायो चार मन्त्रीको नाम, पूर्णबहादुरलाई उपप्रधानसहित रक्षामन्त्रीकाे जिम्मेरवारी

कर्णालीमा झण्डै ४० हजार परीक्षार्थी एसईईमा सहभागी

कांग्रेसले प्रधानमन्त्रीलाई बुझायो चार मन्त्रीको नाम, पूर्णबहादुरलाई उपप्रधानसहित रक्षामन्त्रीकाे जिम्मेरवारी

बढ्दै भूकम्पको जोखिम, सचेत हुन विज्ञको आग्रह

Leave a comment

Your email address will not be published. Required fields are marked *