कर्णाली आमसञ्चार प्रतिष्ठान गठन हुन्छ : कानुनमन्त्री जिसी

सुर्खेत,१४ माघ  ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले कर्णालीमा आमसञ्चार प्रतिठान गठन प्रक्रियालाई अघि बढाउने बताएका छन् । शुक्रबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा मन्त्री जिसीले आम सञ्चार प्रतिष्ठानमार्फत संचार क्षेत्रलाई प्रविधि मैत्री बनाउँदै प्रवद्धन तथा विकास गर्न पहल गर्ने बतााए ।

पत्रकारको भौतिक तथा पेशागतका साथै स्वास्थ्य सुरक्षाका लागि पनि प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने उनको भनाई छ ।सूचना प्रविधिमा भएको विकासले शान्ति सुरक्षामा समेत चुनौती थपिएको भन्दै मन्त्री जिसीले प्रादेशिक तहमा सचेतनामूलक कार्यक्रमका सहितका सुरक्षा योजना बनाउने गरी तयारी भइरहेको जानकारी समेत दिए ।

घाइते अपाङ्गता भएका पत्रकार सहित सम्पूर्ण नागरिकलाई स्वास्थ्य उपचारको प्रबनध मिलाउने तथा पुर्नस्थापना केन्द्र निर्माण गर्ने योजना सुनाए ।सञ्चारमाध्यमको विकासका लागि अविभावकत्व प्रदान गर्दै प्रदेश सरकारले मिडिया प्रवर्द्धन कार्यक्रमका लागि निति निर्माण गर्ने बताएका छन् ।

राताेपाटी 

कर्णाली आमसञ्चार प्रतिष्ठान गठन हुन्छ : कानुनमन्त्री जिसी

सुदूरपश्चिम र कर्णालीमा वर्षा’

कर्णाली आमसञ्चार प्रतिष्ठान गठन हुन्छ : कानुनमन्त्री जिसी

नागरिकता लिने तयारीमा रवि लामिछाने, आज जिल्ला

Leave a comment

Your email address will not be published. Required fields are marked *