मुलुकलाई राजनीतिक अस्थिरताको दुष्चक्रमा फसाउने प्रयास भइरहेको छ : महासचिव पोखरेल

काठमाडौँ,१४ माघ ।

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकलाई राजनीतिक अस्थिरताको दुष्चक्रमा फसाउने प्रयास भइरहेको बताएका छन् । एमालेद्वारा शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘शहीद स्मृति कार्यक्रम’मा बोल्दै उनले मुलुकमा देखा परेको राजनीतिक अस्थिरताको खेललाई सही बाटोमा अघि बढाउन आफ्नो पार्टी दृढ संकल्पित रहेको समेत बताए । महासचिव पोखरेलले नेपाली राजनीतिमा देखा परेका पछिल्लो राजनीतिक परिस्थितिप्रति आफ्नो पार्टी गम्भीर रहेको उल्लेख गर्दै त्यसलाई सफलतापूर्वक सामना गरेर अघि बढने दाबी गरे ।

उनले भने, ‘राजनीतिक अस्थिरतको दुश्चक्र कायम गर्ने जुन कोसिस गरिएको छ । त्यसलाई नेकपा एमाले सफलतापूर्वक सामना गर्दै अघि बढन तयार छ भन्ने कुरा पनि म तपाईंहरुका बीचमा राख्न चाहन्छु । अहिले नेपाली राजनीतिमा जुन प्रकारका अस्थिरताका खेलहरु भइरहेका छन् ।

नेकपा एमाले त्यसप्रति अन्त्यन्त गम्भीर छ । र, सचेततापूर्वक त्यसलाई सही बाटोमा अघि बढाउनका लागि दृढ संकल्पित रहेको कुरा यहाँ उल्लेख गर्दछु ।’ महासचिव पोखरेलले एमालेले शहीदहरूको सम्मानमा कमी आउन नदिने गरी मुलुकलाई अघि बढाउने प्रयास गरिरहेको पनि बताए ।

कान्तिपुर 

मुलुकलाई राजनीतिक अस्थिरताको दुष्चक्रमा फसाउने प्रयास भइरहेको छ :  महासचिव पोखरेल

राष्ट्रपतिमा एमालेले नै उम्मेदवार उठाउँछ : सुवास

मुलुकलाई राजनीतिक अस्थिरताको दुष्चक्रमा फसाउने प्रयास भइरहेको छ :  महासचिव पोखरेल

फागुन २८ अघ‍ि राष्ट्रपतिको निर्वाचन नभए देशमा

Leave a comment

Your email address will not be published. Required fields are marked *