मन्त्रीबाट राजीनामा दिन उपप्रधान एवम् गृहमन्त्री लामिछाने बालुवाटारमा

काठमाडौं,१४  माघ ।

रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री पदबाट राजीनामा दिन बालुवाटार पुगेका छन्। लामिछानेका प्रेस सहयोगी नवराज पाण्डेका अनुसार लामिछानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउन लागेका हुन्।

सर्वोच्च अदालतले लामिछानेले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता लिने प्रक्रिया नमिलेको भन्दै उनको नागरिकतासँगै सांसद पद बदर गरिदिएको थियो। सर्वोच्चको आदेशसँगै लामिछानेले अब पुनः प्रक्रिया पुर्याएर नागरिकता लिनुपर्नेछ।

’उहाँ अब नागरिकता प्राप्तिको प्रक्रियामा जानुहुनेछ’, पाण्डेले  भने। लामिछानेले काभ्रेपलाञ्चोकबाट विगतमा नागरिकता लिएका थिए।

मन्त्रीबाट राजीनामा दिन उपप्रधान एवम् गृहमन्त्री लामिछाने बालुवाटारमा

रवि लामिछानेले बुझाए राजीनामा

Leave a comment

Your email address will not be published. Required fields are marked *