बालविवाह न्युनिकरणमा स्थानिय तहको भुमिका के ?

समाजमा हुने विभिन्न किसिमका बिवाहहरु छन् । जसमध्ये बालविवाह,छिटो तथा मागि विवाह र जवरजस्ति बिवाह न्युनिकरण गर्न स्थानिय तहको भुमिका के रहला त ? यश बिषयमा विभिन्न अभियान संचालन भएपनी बाल बिवाह लगायत अन्य हानिकारक बिवाहरुमा अझै कमि आउन सकेको छैन ।

विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले अभियान संचालन गर्दै गर्दा स्थानीय सरकार भने बिकास निर्माणका काममा लागि रहेको छ । कालिकोटमा बालविवाह न्युनिकरणमा स्थानिय तहको भुमिका के रहन्छ भन्ने बिषयमा बृहत् छलफल गरिएको छ ।

जिल्लाको खाँडाचक्र नगरपालिकाले बालविवाह रोकथाम तथा न्युनिकरण गर्न के कस्तो आर्थिक तथा भौतिक सहयोग गर्न सक्ला भन्ने बिषयमा बृहत् छलफल गरिएको हो ।

बालविवाह विरुद्धको साझा अभियान कालिकोटले खाँडाचक्रका जनप्रतिनिधिसंग सरोकारवाला राखेर प्रतिबद्ध गराएको छ । खाँडाचक्र नगरपालिकाका उप प्रमुख तथा न्यायिक,समिति संयोजक गणेश बहादुर शाहीले बालविवाह न्युनिकरण गर्न आर्थिक भार मात्र नभई जनमासमा रहेका नागरिकको चेतना बृद्वि गर्नु पर्नेमा जोड दिए ।

शाहीले बालविवाह मात्र नभई नगरपालिका भित्रहुने विभिन्न किसिमका हानिकारक अभ्यास न्युनिकरण गर्न नगरपालिकाले आर्थिक तथा भौतिक सहयोग गर्ने बताएका छन् । नगर उपप्रमुख शाहीले बालविवाह रोकथाम तथा न्युनिकरणका लागि रणनीतिक योजना तयार गरेर अगाडि बढ्न प्रतिबद्ध भएको बताए ।

खाँडाचक्रमा हुने छिटो बिवाहा, जवरजस्ति करणी बिवाहा र मागि बिवाह न्युनिकरण गर्न आफ्नो वडाले अभियान चलाएको वडा नं १ का अध्यक्ष धर्मराज टमटाले बताए । बालविवाह न्युनिकरण कै लागि दलित समुदायका उमेर पुगेर बिवाह गर्ने युवतीलाई दस हजार पुरस्कारको ब्यवस्था गरेको टमटाले बताए ।

बालविवाह न्युनिकरणका क्षेत्रमा सरकारी तथा गैर सरकारी संस्थाले कदम चाले सहयोगका लागि कार्यपालिकामा आवाज उठाउने खाँडाचक्र ८ का वडा अध्यक्ष नन्द बहादुर मल्लले बताए । समाजमा हुने विभिन्न हानिकारक अभ्यास न्युनिकरणमा आफ्नो वडापालिकाले आर्थिक तथा भौतिक सहयोग गर्दै आएको र आगामी दिनमा पनि लागि पर्ने प्रतिबद्धता मल्लले जनाए ।

बालविवाह बिरुद्धको साझा अभियान संजालले कर्णाली प्रदेशका जिल्लाहरुमा बालविवाह लगायत अन्य कुरिती कुसंस्कार रोकथामका क्षेत्रमा काम गरिरहेको छ । मानव अधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटको सहजिकरण र बालविवाह बिरुद्धको साझा अभियान संजाल कालिकोटको आर्थिक सहयोगमा जनप्रतिनिधिसंग बृहत् छलफल गरिएको हो ।

बिगत लामो समय यता बाल बिवाहा बिरुद्ध साझा अभियान संजाल कालिकोटले यस जिल्लामा पनि बालविवाह तथा समाजमा हुने कुपर्थाको बिरुद्ध काम गरिरहेको परियोजना संयोजक खडानन्द अधिकारीले बताएका छन् ।

खाँडाचक्र नगरपालिकालाई बालविवाह न्युनिकरण गर्नका लागि रणनीतिक योजना तयार गर्न मस्यौदा समिति समेत तयार गर्ने निर्णय गरिएको छ । जसमा खाँडाचक्र नगरपालिका वडा नं १ का अध्यक्ष धर्मराज टमटाको संयोजकत्वमा पाँच सदस्यीय मस्यौदा समिति गठन गरिएको छ ।

बालविवाह बिरुद्ध साझा अभियान संजाल कालिकोटका सह संयोजक कालीबहादुर मल्लको अध्यक्षता, नगर उप प्रमुख गणेशबहादुर शाहीको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको संचालक मानव अधिकार रक्षक संजाल कालिकोटका संयोजक डिल्लीप्रसाद चौलागाईले गरेका छन् ।

बालविवाह न्युनिकरणमा स्थानिय तहको भुमिका के ?

एकल महिलालाई सन्तान हुर्काउनै सकस

बालविवाह न्युनिकरणमा स्थानिय तहको भुमिका के ?

सुर्खेतको गोरेटोमा नयाँ वर्ष २०२४ को अवसरमा