पाक्नै लागेको धानबाली बगरमा परिणत

हुम्ला ।
अविरल वर्षाका कारण पाक्नै लागेको धानबाली लगाएको खेत बगरमा परिणत भएका छन् ।

अदानचुली गाउँपालिका–१ देखि ६ सम्मका किसानले लगाएको धान खेतीलाई बाढी पहिरोले क्षति पु¥याउदाँ खेत बगरमा परिणत भएको हो ।
अदानचुली गाउँपालिका–२ का बिष्णु भण्डारीले चार रोपनीमा लगाएको धानबालीलाई बाढीले पूर्ण क्षति पु¥याएको बताए । धान खेती लगाएको खेत बाढीले बगाएर लग्दै बगरमा परिणत भएको बताउँदै उनले यसबाट आफूलगायत किसान पिडित भएको सुनाए । पाक्नै लागेको धानबालीमा बाढी पस्दा सबै धान नष्ट भएको हो ।

थन्क्याउनै लागेको धानलगायतका बाली नष्ट भएकोमा उनले दुःख व्यक्त गरे । तीन रोपनी जग्गामा धानखेती लगाएका कर्ण महताराले पनि आफ्नो सबै धानबाली नष्ट भएको दुखेसो सुनाए ।

उनले बालीलगायत पूरै जग्गा बगाएर लिएको कारण आफ्नो जग्गा पत्ता लगाउन समेत कठिन भएको बताए । गाउँपालिका अध्यक्ष मोहन बिक्रम सिंहले गाउँपालिकाका सबै वडामा गरि दुई सय रोपनी जग्गामा लगाएको धान, चिनो, कोदोलगायतको बाली नष्ट भएको बताए । क्षति हुनेमा अधिकाँस धान लगाएका खेत रहेका छन् ।

यसबाट एक हजार पाँच सय परिवारको बालीलाई बाढीले नष्ट गरेको बताउदै उलने क्षति भएको स्थानमा प्रहरी मुचुल्का तयारीको लागि जाने क्रम सुरु भएको कारण क्षतिको पूर्ण विवरण आउन नपाएको बताए ।

उनले गाउँपालिका भरिको बाली बाढीले नष्ट गरेको कारण यसवर्ष खाद्यान्न समस्या हुने संभावना बढेको भन्दै समयमै क्षतिपूर्तिका लागि सरोकारवाला पक्षको ध्यान जान आवश्यक रहेको बताए । बालीसँगै स्याउ, ओखर र सुन्तोलाका बोटलाई पनि बाढीले बगाएको छ ।

यसैबीच, सर्केगार्ड गाउँपालिका–३ को गुसा लेकमा लगाएको बालीलाई बाढीले क्षति पु¥याएको स्थानीय नारायण फडेराले जानकारी दिए । उनले चिनो, कोदो, आलु, सिमीलगायत बाली लगाएका जग्गा बाढीले बगाएर लगेपछि ठूलो क्षति भएको बताए ।

पाक्नै लागेको धानबाली बगरमा परिणत

नगरका ७ स्वास्थ्य चौकीहरुमा आँखा चेकजाँचको लागि

पाक्नै लागेको धानबाली बगरमा परिणत

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर