दैलेखमा बाढीले बगाउँदा घट्ट गएकी किशोरीकाे मृत्यु

सुर्खेत । दैलेखमा खोलाले बगाउँदा एक किशोरीको मृत्यु भएको छ । जिल्लाको ठाटिकाँध गाउँपालिका –४ माझचौरकी १७ वर्षीया किशोरी उर्मिला कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख (डीएसपी) किशोर लम्सालले घट्ट पिस्न गएर घर फर्कने क्रममा खोलाले बगाउँदा मृत्यु भएको जानकारी दिए । प्रहरीलाई स्थानीयले खवर गरेपछि घटनाबारे सत्य तथ्य बझुन प्रहरी घटनास्थलमा पुगेको जानकारी दिए ।

त्यस्तै, चट्याङ लागेर दैलेखको गुराँस गाउँपालिका –५ मा दुई जना घाइते भएका छन् । स्थानीय रुद्रबहादुर गिरीको घरमा परेको चट्याङ लागेर उहाँकी श्रीमती ४४ वर्षीया चन्द्रा गिरी र छोरी १६ वर्षीया माया गिरी घाइते भएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर घाइते भएका दुवै जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको गुराँस गाउँपालिका –५ का वडा अध्यक्ष भूपेन्द्रबहादुर चन्दले जानकारी दिए ।

दैलेखमा बाढीले बगाउँदा घट्ट गएकी किशोरीकाे मृत्यु

हुम्लामा ९० जनाको मोतियाविन्दुको शल्यक्रिया

दैलेखमा बाढीले बगाउँदा घट्ट गएकी किशोरीकाे मृत्यु

वन मन्त्रालय पुग्याे सुर्खेत मेडिकल कलेजकाे फाइल,

Leave a comment

Your email address will not be published. Required fields are marked *