पूर्व जनमुक्ति सेना कमाण्डर बालकुमारीलाई ब्रेन स्टोक, आर्थिक अभावले समस्या

पूर्वजनमुक्ति सेनाका कम्पनी कमाण्डर जुम्लाको गुठिचौर गाउँपालिका (३ निवासी वालकुमारी गिरीलाई ब्रेन स्टोक भएको छ ।
उनलाई दिमागको एउटा एउटा रक्तनलीमा रगत जमेपछि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको छ । कर्णाली प्रदेश अस्पतालका बरिष्ठ कनसल्टेन्ट न्यूरो सर्जन डाक्टर निलम खड्काका अनुसार गिरीलाई ब्रेन स्टोक अर्थात दिमागमा मिडिल स्रेरेव्रेल आटरीमा रगत जमेर काम गर्न नसरे समस्या भएको हो ।

डाक्टर खड्काका अनुसार उनको अहिले न्यूरो जर्जिकल वार्डमा उपचार भईरहेको छ । उनको स्वास्थ्य अवस्था अहिले भन्दा थोरै सुध्रिएको बताउदै कहिले सम्म उपचार हुने हो भन्न नसकिने बताए।
उनले स्वास्थ्य वीमाको रकम पनि सकिएको बताए । दैनिक खर्च बढिरहेको छ। गिरी दुई महिना अघि जुम्लाको घरमा सुतिरहेको अवस्थामा एक्कासी समस्या भएपछि जुम्लाबाट सुर्खेत लिई दुई महिना देखी अचेत अवस्थामा अस्पतालको आईसियूमा भर्ना गरिएको वालकुमारी गिरीका श्रीमान् प्रेमराज गिरीले बताए ।उनले भने, गत असोज ५ गते एक्कासी वेहोस भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एक दिन भर्ना गरि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याईएको छ । उनिअहिले सम्म चेतमा आउन सक्नु भएको छैन् । दुई महिना अघि राति खाना खाएर सुतेको अवस्थामा एक्कासी विरामी भएपछि अस्पताल ल्याएका थियौ । अहिले सम्म अचेत अवस्थामा भएपछि चिन्ता बढेको प्रेमराज बताउँछन्।
आर्थिक अभावले समस्या
वालकुमारी गिरी दुई महिना देखी अस्पतालमा उपचाररत छिन्। तत्कालिन समयमा बटालियन कमाण्डर रहेकी रोल्पाकी बालकुमारीले तत्कालिन जनमुक्ति सेनाको स्वास्थ्य सेवा प्रमुख जुम्लाका प्रेमराज गिरी सँग विवाह गरेका थिए । यूद्धको समयमा उनको गोली समेत लागेर समय समयमा पिडा दिईरहेको परिवार स्रोत बताउँछन। शान्ति प्रक्रिया पछि छैटौ डिभिजन क्यान्टनमेन्ट दशरथपुर सुर्खेतमा कार्यरत रहेको गिरीको भनाई छ ।
अहिले उपचारमा दैनिक खर्च बढिरहेकोले आर्थिक रकम संकलन गर्दै हैरान छ। पछिल्लो समय शरिरमा कम्पन समेत हुने गरेकोछ । वालकुमारी गिरी अचेत अवस्थामा दुई महिना देखी अस्पतालमा हुदा उपचारको सहयोगका लागि अपिल समेत गरिएको छ । सामाजिक सञ्जालमा उनको उपचारमा आर्थिक अभाव भएकाले सहयोगका लागि परिवारले अपिल गरेको हो।






