रंगशालालाई बजेट अभाव हुन दिन्न : मन्त्री सिंह

सुर्खेत। कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रदेश गौरवको आयोजनाको रूपमा रहेको प्रदेश रंगशालाको निर्माणमा बजेट अभाव हुन नदिने बताएका छन्। बिहीबार वीरेन्द्रनगरस्थित निर्माणाधिन प्रदेश रंगशालाको निरीक्षण गर्दै मन्त्री सिंहले बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाएका हुन् ।

उनले रंगशाला निर्माणको काम सन्तोषजनक रहेको भन्दै निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे । मन्त्री सिंहले आर्थिक २०८०/८१ को बजेटमा प्रदेश रंगशालाका लागि ८५ करोड बजेट विनियोजन गरेको जानकारी गराउँदै त्यो रकम अपुग भएमा स्रोत सुनिश्चित गराउने समेत प्रतिबद्धता जनाए। उनले प्रदेश रंगशाला कर्णाली प्रदेश सरकारको प्रतिष्ठासँग पनि जोडिएकाले सरकारको तर्फबाट कुनै कमी हुन नदिने बताए ।

`म अर्थमन्त्रीका रूपमा रहुन्जेल बजेटको कुनै चिन्ता नमान्नुहोस्। प्रदेश गौरवको आयोजनाका रूपमा रहेको यो रंगशालाका लागि बजेटको अभाव हुन दिन्नँ। पर्याप्त बजेटको व्यवस्था गर्छु´, मन्त्री सिंहले भने। खेलकुद मानिसको स्वास्थ्य र अनुशासनसँग जोडिएको विषय रहेको उल्लेख गर्दै मन्त्री सिंहले यस क्षेत्रको पूर्वाधार निर्माणमा प्रदेश सरकार गम्भिर रहेको बताए।

आउँदो वर्ष मंसिरमा कर्णालीमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै रंगशाला निर्माणको काम धमाधम भइरहेको छ। कर्णालीमा २०८१ को मंसिर २ देखि ९ गतेसम्म १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिने तय भइसकेको छ। मन्त्रीले सिंहले कर्णाली प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने असवर पाएकाले त्यसलाई भरपूर सदुपयोग गर्नुपर्ने बताए।

आउँदो जेठमा रंगशालाको निर्माण कार्य सक्ने लक्ष्यका साथ काम भइरहेको र हाल ४० प्रतिशत काम सम्पन्न भएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले दिए। कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र संन्ज्यालले रंगशालाका संरचना भूकम्प प्रतिरोधक बनिरहेका बताए।

१० हजार दर्शक क्षमता भएको रंगशालाको प्यारापिटमा ग्याल्वनाइज फलामका राखिने उनले जानकारी दिए । खेल सञ्चालन गर्दा आवश्यक पर्ने सबै खालका संरचनासहितको सुविधासम्पन्न रंगशाला बन्ने सदस्य सचिव संन्ज्यालले बताए । रंगशालाभित्र फिफाको मापदण्डअनुसार फुटबल मैदान र स्वीमिङ पुल निर्माणको काम भइरहेको उनकाे भनाइ छ।

यस्तै, आठ लेनको सेन्थेटिक एथ्लेटिक्स ट्रयाक, भीआईपी प्यारापिट तथा वेटिङ रुम, रेफ्री, चेन्जिङ, रिफ्रेस रूम, मेडिकल रुम, फिजियोथेरापी र मिडिया रूम निर्माण गरिने उपाध्यक्ष हमालले जानकारी दिए । हमालका अनुसार अपांगतामैत्री संरचना, हरियाली ल्यान्डस्केप र अन्डरग्राउन्ड पार्किङ निर्माण गरिनेछ। टिभी लाइभ ब्रोडकाष्ट प्लेटफर्म र रंगशालाभित्रै ओलम्पिक टर्च स्ट्यान्ड पनि निर्माण हुने उपाध्यक्ष हमालले जानकारी दिए ।

रंगशालालाई बजेट अभाव हुन दिन्न : मन्त्री सिंह

YUGAAWHAN NATIONAL DAILY (2080-03-07)

रंगशालालाई बजेट अभाव हुन दिन्न : मन्त्री सिंह

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्न थाल्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *