जुम्लामा आफ्नै स्थायी संरचनामा सशस्त्र प्रहरी

जुम्लामा आफ्नै स्वामित्वको स्थायी संरचनामा सशस्त्र प्रहरी वल सरेको छ । सशस्त्र प्रहरी ३३ नम्बर गण जुम्लाको आफ्नो संरचना निर्माण भएपछि एक सुरक्षा टुकुटी तातोपानी गाउँपालिका–५ मा स्थानान्तरण गणपति चेतराज जोशीले बताए ।

सशस्त्र प्रहरी वल ३३ नम्बर गणले वडादशैको अवसरमा आफ्नै स्थायी संरचनामा सुरक्षा टुकुटी सारेको जानकारी गराएको छ । स्थायी संरचना नहँुदा जुम्ला सदरमुकामका विभिन्न स्थानमा भाडाका घरमा सशस्त्र प्रहरी बस्न वाध्य थियो ।

२०७२ सालमा जुम्लामा स्थापना भएको ३३ नम्वर सशस्त्र प्रहरी वलले तातोपानी–५ डुठ्याचौरमा २२ हजार बर्गमिटर जग्गामा आफ्नो संरचना निर्माण गरेको हो । स्थानीय सरकारको पहलमा उपलब्ध गराइएको जग्गामा सशस्त्र प्रहरीले चार करोड ५१ लाख रुपैयाँमा भौतिक संरचना निर्माण गरेको हो ।

गणपति जोशीका अनुसार भौतिक संरचना निर्माण सहित २१ जनाको सुरक्षा टिम उक्त स्थानमा खटाईएको छ । उनका अनुसार सो क्षेत्रमा गणपति निवास, क्वाटर गार्ड कार्यालय, कार्यालय भवन, जवान व्यारेक सहितका भौतिक संरचनाहरु निर्माण गरिएका छन् ।

जुम्लामा आयोजित एक कार्यक्रममा प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले जिल्लाको विकासमा सवै एकजुट हुनुपर्ने बताए । शुशासन र भ्रष्टचारका विरुद्धमा सवै लाग्नुपर्ने उनको भनाई थियोे ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले सशस्त्र प्रहरीको संरचना स्थापना हुनु जिल्लाको लागि ऐतिहासिक काम भएको बताए । संरचना निर्माणमा समन्वय र सहयोग गर्ने सवैलाई उनले धन्यवाद ज्ञापन गरे ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले शान्ति सुरक्षा अमन चयन प्रहरीको पहिलो दायित्व भएकाले यसमा सशस्त्र प्रहरीको पनि सहयोग रहदै आएको बताउदै जुम्लामा शान्ति सुरक्षा र विपद व्यवस्थापनमा सशस्त्र प्रहरीको सहयोग रहेको बताए ।

जुम्लामा आफ्नै स्थायी संरचनामा सशस्त्र प्रहरी

जाजरकोटका २२ रुटमा नयाँ भाडाँदर कायम (सूची

जुम्लामा आफ्नै स्थायी संरचनामा सशस्त्र प्रहरी

नगर उपप्रमुख आचार्यले हस्तान्तरण गरे क्रिकेट खेल