प्रधानमन्त्री प्रचण्ड पोखरा नजाने

काठमाडौं,१ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुर्घटनास्थल पोखरा नजाने भएका छन्। आइतबार बिहान ११ बजे पोखरा महानगरपालिका–१५ स्थित सेती खोँचमा यति एयरलाइन्सको दुर्घटना भएको हो। उक्त दुर्घटनास्थलमा प्रधानमन्त्री प्रचण्ड जाने तयारीमा थिए।
तर सुरक्षा जटिलता थपिने हुँदा पोखरा नजाने निर्णय गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए। ‘भिआइपी जाँदा सुरक्षा जटिलता थपिने भएकाले सुरक्षा निकायको सुझावका आधारमा प्रधानमन्त्रीको पोखरा जाने कार्यक्रम क्यान्सिल,’ उनले भने।
प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि पोखरा जाने तयारीमा थिए। काठमाडौंबाट साढे १० बजे उडेको उक्त जहाज पोखरामा ११ बजे दुर्घटना भएको हो। दुर्घटनामा परेका ३२ जनाको शव अस्पतालमा पुर्याइएको छ। यति एयरलाइन्समा चार चालकदलसहित ७२ जना सवार थिए।
सेताेपाटी





