क्षतिपूर्तिको माग राख्दै तरकारी बजारमा ताला
सुर्खेत । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मूत्यु भएपछि मृतकका आफन्तले वीरेन्द्रनगरको कृषि बजारमा ताला लगाएका छन् ।
बाबु एण्ड शाही सब्जी मण्डीको कर्णाली प्रदेश ०२००१ क ०४४१ नम्बरको गाडिले जेष्ठ ११ गते दुल्लु नगरपालिका-११ का ४० वर्षीय गणेशबहादुर थापालाई मुलपानी चोकमा ठक्कर दिएको थियो ।
उनको बुधबार प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मूत्यु भएपछि आफन्तहरुले तरकारी बजारमा ताला लगाइ दिएका हुन् । बुधबार आफन्तले उचित क्षतीपूर्ती र राहत पाउनु पर्ने माग राख्दै सब्जी मण्डीमा धर्नासमेत दिएका थिए ।