जनसेवा मावि घुस्राको ४० औं स्थापना दिवस

सुर्खेत, ३० चैत्र ।
जनसेवा माध्यमिक विद्याल वीरेन्द्रनगर–१० घुस्राको ४० औं स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम विहिबार सम्पन्न भएको छ । सोही अवसरमा विद्यालयको बार्षिक प्रगति तथा शैक्षिक प्रतिवेदन जनसेवा माध्यमिक विद्यालयका प्रधानाध्यापक भक्त बहादुर शाहीले प्रस्तुत गरेका थिए । चालु शैक्षिक सत्रको विभिन्न कक्षामा उत्कृष्ट स्थान हाँसिल गर्ने विद्यार्थीहरुलाई समेत पुरस्कार तथा सम्मान वितरण गरिएको थियो ।

सोही अवसरमा कक्षा–१ देखि ९ सम्मका प्रथम, द्वितीय र तृतीय विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरियो भने शिक्षकहरु पञ्चरत्न शर्मा र ललित गुरुङलाई सम्मान गरिएको थियो । वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालको प्रमुख आतिथ्यता, वीरेन्द्रनगर शिक्षा शाखा प्रमुख धिरेन्द्र प्रसाद शर्माको विशेष आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर वस्नेतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा वीरेन्द्रनगर–१० का वडाअध्यक्ष डिल बहादुर रखाल, निवर्तमान वडाअध्यक्ष रत्न बहादुर बुढा, शिक्षक नन्दराम गुरुङ लगायतले बोलेका थिए । विद्यालयका शिक्षक पञ्चरत्न शर्मा कार्यक्रम सञ्चालन गरेका थिए ।






