२०८२ फाल्गुन ५ गते
×

Now Playing

सेभ द चिल्ड्रेनले दियो सात सय सात भुकम्प प्रभावित परिवारलाई राहत सामग्री


अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेनले भुकम्प प्रभावित क्षेत्रहरुमा पहिलो चरणको राहत सामग्री वितरण गरेको छ ।

पहिलो चरणमा संस्थाले पूर्णरुपमा क्षति भएको सात सय सात घरधुरीमा राहत सामग्री वितरण गरेको छ ।
जाजरकोट र रुकुम पश्चिमका साझेदार संस्था, स्थानीय तह लगायतसँगको समन्वयमा सात सय सात परिवारका चार हजार पाँच सय ३० जनालाई राहत वितरण गरिएको सेभ द चिल्ड्रेन फिल्ड कार्यालय सुर्खेतका प्रमुख रत्न ओझाले जानकारी दिए ।

उनका अनुसार जाजरकोटको भेरी नगरपालिकाका वडा नम्बर १, ३ र ४, कुशे गाउँपालिकाको वडा नम्बर ७ र रुकुम पश्चिमको सानीभेरी नगरपालिका वडा नम्बर १ मा राहत वितरण गरिएको हो ।

भुकम्प प्रभावितका लागि तत्काल आवश्यक पर्ने बालबालिकाका लागि सरसफाई सामग्री, त्रिपाल, कम्बल, न्यानो कपडा, भान्साका लागि आवश्यक भाँडा लगायतका सामग्री राहतस्वरुप वितरण गरिएको ओझाले बताए ।
दोस्रो चरणमा भुकम्प प्रभावित क्षेत्रका बालबालिकाको शिक्षाको लागि काम गर्ने योजना रहेको उनले जानकारी दिए ।

सेभ द चिल्ड्रेनले दियो सात सय सात भुकम्प प्रभावित परिवारलाई राहत सामग्री

राहत नपाउँदा भूकम्प पिडितलाई झनै अप्ठारोः भूकम्प

सेभ द चिल्ड्रेनले दियो सात सय सात भुकम्प प्रभावित परिवारलाई राहत सामग्री

पन्ध्र दिनपछि विद्युत सेवा सुचारु