कर्णालीमा वित्तीय र प्रशासनिक र सङ्घीयता आउन सकेन : मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा वित्तीय एवं प्रशासनिक सङ्घीयता आउन नसकेको बताएका छन् । राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठनको प्रथम अधिवेशन उद्घाटनमा मुख्यमन्त्री शर्माले मुलुकमा राजनीतिक सङ्घीयता आए पनि वित्तीय र प्रशासनिक सङ्घीयता कार्यान्वयनमा जान नसकेको बताए । उनले कर्मचारी, बैंक र वित्तीय संस्थामा आज पनि केन्द्रिकृत मानसिकता लाद्ने काम भइरहेको जनाए ।

मुख्यमन्त्री शर्माले भने, “कर्मचारीले आफ्नो सेवा सुविधा लिएर प्राप्त जिम्मेवारीअनुसार जनतालाई दिने सेवा गुणस्तरीय, पारदर्शी, चुस्त प्रभावकारी हुनुपर्दछ । सरुवा, बढुवा मात्र नभई जनताको सेवाका लागि सङ्घरसङ्गठनलाई परिचालन गर्नु अहिलेको आवश्यकता पनि हो ।”

आफूलाई जनताको कामदारको रुपमा उभ्याएर कर्णाली प्रदेश सरकारको नेतृत्व गरेको जनाउँदै उनले राजनीतिक परिवर्तनबाट व्यवस्थासँगै जनताको अवस्था बदल्न सबै सरोकारवाला र क्षेत्रको त्यतिकै भूमिका रहेको व्यक्त गरे । कर्णालीको माटो सुहाउँदो र जनताको आवश्यकतामा आधारित विधेयक ल्याउने भन्दै मुख्यमन्त्री शर्माले बन्ने नीति र कानुन कर्णालीवासीको अपनत्व हुने स्पष्ट पारे ।

कर्णालीमा वित्तीय र प्रशासनिक र  सङ्घीयता आउन सकेन : मुख्यमन्त्री शर्मा

YUGAAWHAN NATIONAL DAILY (2079-12-26)

कर्णालीमा वित्तीय र प्रशासनिक र  सङ्घीयता आउन सकेन : मुख्यमन्त्री शर्मा

कसरी सुरु भयो २०४६ सालको जनआन्दोलन र

Leave a comment

Your email address will not be published. Required fields are marked *