कागुनोको माग बढ्दै

जुम्ला,२४ माघ ।

चन्दननाथ नगरपालिका–८ तलिउमकी छिता बोहरा १० किलो कागुनोको चामल गत साता बोकेर सदरमुकाम खलंगा पुगिन् । उनलाई घरबाट हिँड्दा कागुनोको चामल बिक्दैन कि भन्ने चिन्ता लागेको थियो । तर सदरमुकाममा खोलिएको कोसेली घरले सजिलै किनिदियो ।

उनले प्रतिकिलो १ सय ६० रुपैयाँमा कागुनोको चामल बेचेर एक हजार ६ सय रुपैयाँ बुझिन् ।‘हामी कागुनोलाई हेलाको बाली ठान्छौं,’ उनले भनिन्, ‘तर यो बालीबाट प्रशोधित चामलको मूल्य त निकै बढेको रहेछ ।’ गुठीचौर–५ का नन्दप्रसाद देवकोटालाई कागुनो बाली खेतबारीमा लगाउन निकै रहर लाग्छ ।

कागुनोको गुण र दोष के हुन्छ ? भन्ने त थाहा हुँदैन तर उनी हरेक वर्ष एउटा बारीमा कागुनो लगाइरहन्छन् । कागुनोको चामलबाट भात र अन्य परिकार बन्छ । ‘निकै कम महत्त्वका साथ लगाएको कागुनोबाट चामल निकालेर सदरमुकाम खलंगा पु‍¥याएपछि मात्र उनले थाहा पाए,’ उनले भने, ‘कागुनो त बहुमूल्य बाली रहेछ ।’

उनले पहिलो पटक ५ केजी कागुनोको चामल बोकेर ल्याएका थिए । १ सय ६० रुपैयाँमा प्रतिकिलो चामल बिकेपछि उत्साहित हुँदै घर फर्केका देवकोटा अहिले गाउँमा कागुनो खेतीका बारेमा हरेक किसानसँग विमर्श गरिरहन्छन् ।

जिल्लाको तातोपानी, पातारासी, गुठीचौर र चन्दननाथ नगरपालिकाबाट कागुनोको चामल सदरमुकाम खलंगा आइपुग्छ । छिताले कागुनोको चामल बेचेको रकमले बालबालिकाको कापी कलम किनेको सुनाइन् । ‘गाउँमा कागुनो लगाउने चलन छैन, नापनाप (थोरैथोरै) लगाउँछौं,’ उनले भने, ‘त्यही पनि बढी मूल्यमा बेच्न पाउँदा खुसी नै छौं ।’

खलंगास्थित रैथानेबाली कोसेली घरका सञ्चालक गोविन्द आचार्यले किसानले ल्याएको कागुनोको चामल क्षणभरमै बिक्री हुने गरेको बताए । ‘कागुनोको उत्पादन कम छ, तर माग अधिक छ,’ उनले भने, ‘कागुनोको चामलको मागअनुसार पठाउन सकिएको छैन ।’ उनले गत वर्ष ७ क्विन्टल कागुनो पोखरा, काठमाडौं र धरान पठाए ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार जुम्लामा १ हजार हेक्टरमा कागुनो खेती भइरहेको छ । गत वर्ष २ हजार मेट्रिक टन कागुनो उत्पादन भएको थियो । जिल्ला कृषि विकास प्रमुख गणेश अधिकारीले कागुनो खेतीलाई थप व्यावसायिक बनाउन यो वर्ष ४० लाख रुपैयाँ विनियोजन गरिएको बताए ।

कान्तिपुर 

कागुनोको माग बढ्दै

जुम्लामा आगलागीमा परी बालिकाको मृत्यु

कागुनोको माग बढ्दै

कर्णालीमा दूध उत्पादन बढ्यो :  सबैभन्दा कम

Leave a comment

Your email address will not be published. Required fields are marked *