जुम्लामा आगलागीमा परी बालिकाको मृत्यु

जुम्ला,२४ माघ ।

जुम्लामा आगलागीमा परी १६ वर्षीया बन्दना भण्डारीको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका १ ठिन्केस्थित घरमा आगलागी हुँदा उनको मृत्यु भएको हो । चन्दननाथ १ का लोगबहादुर भण्डारीको घर आगलागी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी नरेन्द्र चन्दले बताए ।

राति १२ बजेतिर आगलागी हुँदा सुतिरहेको अवस्थामा उनको आगोले जलेर मृत्यु भएको उनले जानकारी दिए । उनका अनुसार आगलागीको कारणबारे भने अनुसन्धान भइरहेको छ । माटोको ३ तले घर जलेर पूर्ण रुपमा क्षति भएको छ भने क्षतिको थप विवरण आउन बाँकी छ ।

कान्तिपुर 

जुम्लामा आगलागीमा परी बालिकाको मृत्यु

कारागार नहुँदा कैदीबन्दीलाई सास्ती

जुम्लामा आगलागीमा परी बालिकाको मृत्यु

कागुनोको माग बढ्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *