नेकपा माओवादी केन्द्रको संकल्प सभालाई महासचिव गुरुङद्वारा सम्बोधन

नेकपा माओवादी केन्द्र बनगाड कुपिण्डे नगरपालिका स्तरीय संकल्प सभा सम्पन्न भएको छ । सभालाई माओवादी केन्द्रका महासचिव देव गुरुङ, जिल्ला इन्चार्ज नरेश भण्डारी लगाएतका नेताहरुले सम्बोधन गरेका थिए ।

नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसि, प्रदेश कृषि मन्त्री भिमप्रकाश शर्मा, बनगाड कुपिण्डे नगरपालिकाका नगरप्रमुख कर्णवहादुर वुढाथोकि, कीर्तिवहादुर राना, जिल्ला पार्टी संयोजक किर्तीवहादुर पुन लगाएतका नेताहरुले सभालाई सम्वोधन गरेका थिए ।
सभालाई माओवादी केन्द्रका महासचिव देवगुरुङले यहाँका कला, गला, भाका भेषभुषा प्रती सम्मान व्यक्त गरे ।
सभालाई सम्वोधन गर्दै गुरुङले अहिलेको देशको परिस्थितिमा गिजोल्ने, परिवर्तन विथोल्ने अदृश्य शक्तिले धमिलो पानीमा माछा मार्ने काम भैरहेको जनाए ।
देशको परिवर्तनको संवहाक, संस्थागत विकास र संक्रमणकालिन अवस्थाको देशको राजनीति मियोको रुपमा नेकपा माओवादी केन्द्र मात्रै भएको जनाएको छ ।
देशको वेलाबखत वदलिदो परिस्थितिलाई पार्टीले नियालि रहेको र त्यसको समाधान पनि छिनभरमै हुने गुरुङको भनाइ रहेको छ ।
सबै दलहरूलाई मिलाएर लिने शाहस र आँट र ल्याकत माओवादी केन्द्रसँग मात्रै भएकोले अब छिटै समाजवादी मोर्चाको तयारीमा जुटेको समेत दावि थियोे ।
सभामा पार्टीले बनगाडको पहिचान, भेषभुषा, भाषा, रहनशहन, पहिचान र संस्कृति समेत झल्काउने उदेश्यले बनगाडि टप्पा,सिगारु,लहरे, सारिङे, सैरुलो लागएतका नित्य प्रस्तुत समेत गरिएको थियोे ।
वडा नं २ र ३ बाट बनगाडि टप्टा सिंगारु,पुरानो बनगाडको पहिचानको रुपमा रहेको निकै लोकपृय तथा लोप उन्मुख अवस्थामा रहेको लहरे,सैरुलो नाच वडा नं ५, त्यसै गरि वडा ४ वाट मयुर नाच (सरिङे) लगाएतका निकै पुराना पहिचान झल्काउने नित्य प्रस्तुत गरिएको थियोे ।
सभा मात्रै नभएर पार्टीको शक्ति पर्दशनका रुपमा अन्य दलहरूले यसलाई लिएका छन् । सभामा नगरवासिको उल्लेख्य सहभागी समेत रहेको थियोे ।






