जाजरकोटमा प्रतिनिधिसभाका उम्मेदवार पूर्वमन्त्री वाग्लेको धरौटी जफत

जाजरकोट,१४ मंसिर ।

पूर्वसहायक मन्त्री झलकनाथ वाग्लेको धरौटी जफत भएको छ । जाजरकोटबाट प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेस वीपी पार्टीबाट उम्मेदवार रहेका वाग्लेले एक सय ४२ मत मात्र पाएका छन् ।

जाजरकोटमा ६५ हजार नौ सय ६१ मत खसेको थियो । धरौटी फिर्ता लिन खसेको मतको १० प्रतिशत कटाउनु पर्ने प्रावधान छ । २०५१ सालमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित वाग्ले २०५५ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा भूमिसुधार सहायक मन्त्री भएका थिए । वाग्ले जाजरकोट कांग्रेसका संस्थापक हुन् ।

नेपाली कांग्रेसको १३ औं महाधिवेधनमा बुथबाटै क्षेत्रीय प्रतिनिधिमा चुनाव हारेपछि कांग्रेस पार्टी छोडेका वाग्ले नेपाली कांग्रेस वीपीका केन्द्रीय उपाध्यक्ष छन् । ६ जनाले प्रतिस्पर्धा गरेको जाजरकोटमा सबैभन्दा कम मत ल्याउने वाग्ले नै हुन् ।

जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत ३४ हजार एक सय ५१ मत ल्याएर विजयी भएका छन् ।

अन्नपुर्ण

जाजरकोटमा प्रतिनिधिसभाका उम्मेदवार पूर्वमन्त्री वाग्लेको धरौटी जफत

प्रधानमन्त्री बन्न कांग्रेसमा रस्साकस्सी

जाजरकोटमा प्रतिनिधिसभाका उम्मेदवार पूर्वमन्त्री वाग्लेको धरौटी जफत

पहिरोपीडितले पाए नयाँ घर

Leave a comment

Your email address will not be published. Required fields are marked *