बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी बने वरिष्ठ नायव निरीक्षक कोइराला

काठमाडौं,१४ मंसिर ।

बागमती प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ नायव निरीक्षक उमेश कोइरालालाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौंडाले आम निर्वाचन २०७९ मा उत्कृष्ट कार्यसम्पादन गरेकाले कोइरालालाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय हेटौंडाले मंगलबार एक समारोहकाबीच प्रदेश प्रहरी प्रमुख ९डीआइजी० किरण बज्राचार्यले कोइरालालाई सम्मान पत्रसहित कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेका हुन् ।

निर्वाचनमा सम्भावित सुरक्षा चुनौतीको सुक्ष्म अध्ययन गरी कुशलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकाले प्रदेश कार्यालय हेटौंडामा कार्यरत कोइराललालाई महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो । वरिष्ठ नायव निरीक्षक कोइरालालाई महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि २०७९ बमोजिम सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

रातोपाटी

बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी बने वरिष्ठ नायव निरीक्षक कोइराला

यस्तो छ आजको मौसम पूर्वानुमान

बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी बने वरिष्ठ नायव निरीक्षक कोइराला

प्रधानमन्त्री बन्न कांग्रेसमा रस्साकस्सी

Leave a comment

Your email address will not be published. Required fields are marked *