तीन सातादेखि रमाना गिरी बेपत्ता

मुगु,१३ मंसिर ।
खत्याड गाउँपालिका–८ रिघा गाउँकी २४ वर्षीया रमाना गिरी बेपत्ता भएको तीन साता बितिसक्दा पनि अझै पत्तो लागेको छैन । गत कात्तिक २१ गते राति उनी घरमा डेढ महिनाकी छोरी छाडेर बेपत्ता भएकी थिइन् ।

गिरी बेपत्ता भएको तीन सातासम्म पनि घरबाट खोजीको प्रयास नभएको भन्दै माइतीले खोजी कार्यका लागि प्रहरीलाई दबाब दिँदै आएका छन् । कात्तिक २२ गते गिरीको माइती पक्षले रातापानी प्रहरी चौकीमा खोजी कार्यका लागि उजुरी दिएका छन् ।

‘बहिनी बेपत्ता भएको तीन साता बितिसक्दा पनि खोजी कार्य भएन‚’ रमानाका दाजु टेकराज गिरीले भने‚ ‘अहिलेसम्म न त जीवित न त मृत्यु‚ कुनै अत्तोपत्तो छैन । हामीले खोजी गरिरहेका छौँ ।’ पोइली पक्ष चुपचाप रहेको माइती पक्षको आरोप छ ।

बेपत्ता रमानाका श्रीमान् प्रेमरा गिरीलाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुदर्शन पन्थीले बताए । हरेक कोणबाट गिरीबारेमा अनुसन्धान गरे पनि अहिलेसम्म टुंगोमा पुग्न नसकिएको सूचना अधिकारी पन्थीले जानकारी दिए ।

कान्तिपुर

तीन सातादेखि रमाना गिरी बेपत्ता

कर्णालीमा मेलाको रमझम

तीन सातादेखि रमाना गिरी बेपत्ता

कोहलपुर–सुर्खेत प्रसारण लाइन निर्माणको बाटो खुल्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *