ठेकेदारको लापरबाहीले मैनतडा स्वास्थ्य चौकीको भवन निर्माण अलपत्र

दिलिप ढकाल
भेरीगंगा, ११ भदौं ।
पूर्वि सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं. ८ मैनतडा स्थित मैनतडा स्वास्थ्य चौकीको लागि निर्माणाधिन भवन अलपत्र परेको छ । भेरीगंगा नगरपालिका र केन्द्र सरकारको सयुँक्त लगानीमा निर्माण हुन लागेको स्वास्थ्य चौकीको भवन निर्माण अबधी सकिँदासम्म पनि झण्डै आधा मात्र काम भएको छ ।
आर्थिक बर्ष २०७९÷८० को असारमा सकिने गरी एक बर्षको लागि सम्झौता भएको उक्त स्वास्थ्य चौकी भवन निर्माणको समय अबधी यहि असारमा सकिएको छ । भेरीगंगा नगरपालिका र केन्द्र सरकारको सयँुक्त लगानीमा निर्माण हुन लागेको स्वास्थ्य चौकी एक कराेड चौतिस लाख सम्झौता भई काम अगाडी बढेको थियो । उक्त काम हेम कर्ण थापाको कम्पनीले निर्माणको जिम्मा लिएको थियो ।
यस बिषयमा भेरीगंगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पुसे कामीले आफु निर्वाचित भएको करिब एक महिनासम्म ठेकेदारले काम गरेको र असारको पहिलो हप्ता तिर भबनको लागी झ्याल ढोका लिन जान्छु भनेकोसम्म आफू जानकार रहेको बताए ।

त्यसपछि एक दुई पटक आफू सङ्ग कुरा हँुदा झ्याल ढोका लिएर छिट्टै फर्किन्छु भनेका ठेकेदार अहिलेसम्म पनि नफर्केको उनले जानकारी दिए । साथै उक्त ठेकेदारसङ्ग बारम्बार कुरा गर्ने कोसिस गरेपनि सफल नभएको उनले जानकारी दिए ।
स्वास्थ्य जस्तो संबेदनशील क्षेत्रको भबन निर्माण कार्यमा लापरबाही गर्ने ठेकेदारलाई हदै सम्मको कारबाही गर्नुपर्ने र प्रक्रिया पुरयाएर ठेकेदारलाई कारबाही गर्नुपर्नेमा उनको भनाई छ । झ्याल ढोका किन्ने पैसाको अभाबका कारण तत्काल काममा आउन नसकेको जानकारी दिए ।

नगरपालिकामा गराएको न्यू विशाल कन्स्ट्रक्सनले स्वास्थ्य चौकी निर्माण ठेक्काको म्याद थपको लागि भने पालिकामा निबेदन दिएको समेत नगरपालिका श्रोतले जानकारी दिएको छ । साथै ढिलाई हुनुको बास्तबिक कारण बुझि थप प्रक्रिया अगाडी बढाउने समेत स्रोतले जानकारी दिएको छ ।






