कृषकको समस्या तत्काल समाधान गर्न राप्रपाको माग

सुर्खेत १३ असार ।

राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतले कृषकको समस्या समाधान गर्न माग गर्दै कृषकलाई समयमै मल बीउ उपलब्ध गराउनको लागी र्याली सहित कर्णाली प्रदेश कृषि मन्त्रालय मा धर्ना कार्यक्रम गरेको छ ।

राप्रपा को केन्द्रीय कार्यक्रम अन्तर्गत देशभरीका कृषि कार्यलय ,कृषि निर्देशनालय ,कृषि मन्त्रालयहरु मा बिरोध सभा सहित धर्ना कार्यक्रम अनुसार आज सोमबार राप्रपा सुर्खेतले कृषकहरुको समस्या तत्काल समाधान गर्न का लागि सुर्खेत मा रहेको कर्णाली प्रदेश कृषि मन्त्रालय अगाडी धर्ना सहित बिरोध कार्यक्रम गरेको हो ।

उक्त बिरोध र्याली बिरेन्द्रनगर को मंगलगढी चोक बाट सुरु भइ बजार परिक्रमा गर्दै कृषि मन्त्रालय पुगेको थियो । र्याली मा कृषकहरुको समस्या समाधान गर्नुपर्ने , कृषकहरुलाई समयमै मल र बिउ उपलब्ध गराइनुपर्ने, महङ्गी तथा कालोबजार नियन्त्रण गर्नुपर्ने , सिचाइ सुबिधा व्यवस्था गर्नुपर्ने ,भ्रष्टाचार नियन्त्रण गरी २०४७ साल यताका उच्च पदस्थ व्यक्तिहरुको सम्पती छानबिन गरिनुपर्ने, शिक्षा, स्वास्थ्य निःशुल्क गरिनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र घोषणा गरिनुपर्ने लगायतका माग गरेको थियो ।

किसान हरुको समस्या तत्काल समाधान नभए, आगामी दिन मा सशक्त रुपमा आन्दोलन अगाडि बड्ने र आन्दोलन बाट हुने सम्पुर्ण क्षति को जिम्मेवार सरकार आफैले भोक्नु पर्ने राप्रपा निकट प्रेम बिसीले जानकारी दिएका छन् ।

कृषकको समस्या तत्काल समाधान गर्न राप्रपाको माग

अब ६० बलको क्रिकेट प्रतियोगिता

कृषकको समस्या तत्काल समाधान गर्न राप्रपाको माग

टिकट नपाएपछि पार्टीभित्र अन्तरघात : उपसभापति खड्का

Leave a comment

Your email address will not be published. Required fields are marked *