पहिरोले जोखिममा विद्यालय : तरकारी फल्ने टनेलमा क.ख.. रा…

दीपेन्द्र शर्मा (जाजरकोट)/पुनम वि.सी.(सुर्खेत)
सुर्खेत, १० भदौं ।
भदौको महिना छ, आकाशमा मडारिने बालदको भरमा तापक्रम घटबढ हुन्छ । जाजरकोटको छेडागाड नगरपालिका–१२ स्थित हिमालय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरु अहिले आकाशकै भरमा पठनपाठन गर्छन् ।

पानी पर्न थाले ओत्तिने मात्र काम हुन्छ । हावाहुरीसहित पानी आउन थाल्यो भने प्लाष्टिक भित्र हावाको बहाव आंकलन गर्दै बस्नपर्छ । चर्को घा लाग्यो भने पनि उत्तिकै गाह्रो छ, सेतो प्लाष्टिक भित्रसम्म आउने घामको रापले असिनपसिन बनाउँछ ।

विद्यार्थीको यस्तो अवस्थामा विद्यालय प्रशासन बाधात्मक अवस्थामा हेर्न बाहेक केहि गर्न सक्दैन । पाँच कक्षासम्म अध्ययनरत ६६ जना विद्यार्थी सबै नै प्लाष्टिक र बाँसले बनाइएको टनेलमुनी बसेर पढ्छन् । विद्यालय नै पहिरोको जोखिमा परेपछि विद्यार्थीको यस्तो अवस्था भएको हो । गत वर्ष २०७८ मा विद्यालयको खेलमैदान पहिरोले बगायो । सो समयमा नै विद्यालय पहिरोको जोखिममा रहेको जनाइएपनि विद्यालयलाई सुरक्षित बनाउनेतर्फ ध्यान गएन ।

विद्यालयका प्रध्यानाध्यापक तिलक अधिकारी भन्छन्, ‘गत वर्ष हाम्रो चौर पहिरोले लग्यो । यस विषयमा हामीले सम्बन्धित क्षेत्रमा जानकारी पनि गरायौँ । केहि उपलब्धी भएन ।’ २०७८ मा विद्यालयको भवनसम्म पुग्नेगरी खेलमैदान पहिरोले लियो । गत वर्षको साउन २६ गतेको अविरल वर्षाले विद्यालयमा क्षति पुगेको हो । यस वर्ष भने पहिरोले विद्यालयका भवनहरु चर्काएको छ ।

विद्यालयमा चार वटा भवन छन्, सबै भवन पुराना हुन् । विद्यालयदेखि केहि मिटर माथिको माटो पूरै खस्किएको छ । जसकारण विद्यालयका दुई भवनका भित्तामा चिरा परेको प्रधानाध्यापक अधिकारीले जानकारी दिए ।

‘विद्यालय मास्थिर देखिको माटो खस्किएको छ । भवनका भित्तामा चिरा परेको देखिन्छ । ढोका–झ्याल लगाउन मिल्दैन । उनले भने, ‘यस्तो अवस्थामा विद्यार्थीलाई त्यहि राखेर पढाउन सकिदैन । त्यसैले बाहिर प्लाष्टिकको व्यवस्था गरेका हौँ ।’

विद्यालयमा खास ४ वटा भवन छन् । यी सबै भवन दुई–दुई कोठे आकारमा छन् । जसमध्य दुईवटा भवन प्रयोग गर्नै नसकिने गरी पहिरोले क्षति पु¥याएको छ । अर्को भवनमा विद्यालयको प्रशासनिक कार्यालय छ । र, सोहि भवनमा बालविकासका कक्षाहरु पनि पढाई हुन्छ ।

‘चौथो कुरा यो भवन निकै पुरानो हो । टिनले छाइएको यो भवन पानी पर्दा कक्षा सञ्चालन गर्न सक्ने अवस्थामा छैन । अधिकारीले भने, ‘त्यो भवनमा पानी प¥र्यो भने चुहिन्छ । भित्ताहरु पनि भिजेका हुन्छन् । विद्यार्थीलाई त्यहाँ पढाउदा जोखिम छ ।’

फोटो क्याप्सनः विद्यालय भवनमा पहिरोले क्षति पुरयाएपछि प्लाष्टिकको टनेलमा अध्यनन गर्दै जाजरकोटको छेडागाड नगरपालिका–१२ स्थित हिमालय आधारभुत विद्यालयका विद्यार्थीहरु । (तस्विर स्रोतः विद्यायलयका प्रध्यानाध्यापक तिलक अधिकारी)

कक्षाकोठाको अभाव रहेपनि विद्यार्थीको पढाई भने प्लाष्टिककै घरबाट निरन्तरता दिइएको छ । ‘यो प्लाष्टिक पनि अघिल्लो वर्ष १३ हजार रुपैयाँ जतिमा खरिद गरेका थियौँ । अहिले त्यही प्लाष्टिक मुनी बास राखेर कक्षा सञ्चालन गरेका छौँ’, उनले भने ।

तरकारी खेतिका टनेल (प्लाष्टिक घर) बनाउन प्रयोग हुने सामाग्रीले विद्यार्थीको कक्षाकोठा बनाइएको छ । बढी वर्षात वा गर्मी भयो भन विद्यार्थीहरुलाई केहि छिनका लागि अर्को कक्षामा लग्नुपर्ने वाध्यता छ । एक महिना समय बितिसकेको छ, विद्याथीहरु यसरी टनेलको प्लाष्टिक मुनी अध्ययन गर्न थालेको ।

चालु वर्षको साउन १० परेको ठूलो झरीले विद्यालयको भवन थप चर्किएको हो । यी भवनमा तीन देखि पाँच कक्षासम्मका बालबालिका पढ्थे । अहिले यी कक्षाहरुलाई प्लाष्टिकको घरमुनी एकै स्थानमा सञ्चालन गर्न विद्यालय प्रशासन बाध्य छ ।

‘निक्कै दुःखले पढाइरहेका छौं । बढी घाम लाग्यो अथवा ठूलो पानी पर्दा बालकक्षा, एक, दुई कक्षाका बालबालिका भएकैमा मिलाएर पढाउने गरेका छौं’। प्रधानाध्यापक अधिकारी भन्छन–‘भवन चर्किएपछि वडा कार्यलय, प्रहरी चौकी र नगरपालिकालगायतका स्थानमा जानकारी गराए पनि तत्काल केही सहयोग पाइएको छैन ।

प्रहरी नै बोलाएर मुचुल्का उठाएर, वडा कार्यालयमा फोटो प्रमाणसहित निवेदन दिएको भन्दै उनले नगरपालिकाको शिक्षा शाखाले तत्काल सहयोग गर्न नसक्ने जवाफ दिएको उल्लेख गरे । ‘विद्यालयको अवस्थाका विषयमा अघिल्लो वर्ष नै नगरपालिकामा अवर गरेका थियौँ । पहिरोले चौर बगाएपछि भवन समेत जोखिममा रहेको विषयमा खखबर गरेका थियौँ । अघिल्लो वर्ष त भवन नै बनाउने भनेर सम्झौता पनि भएको हो’, प्रध्यानाध्यापक अधिकारीले बताए ।

नगरपालिकासँग विद्यालयमा भवन निर्माणका लागि सम्झौता भएको तर अघिल्लो वर्षको कार्यक्रम अन्र्तगत बजेट खर्च भने नभएको उनि बताउछन् । उनले भने, ‘सम्झौता भयो । तर काम भने सुरु भएन । बजेट नै खै के–के भयो भन्न थाले । अनि हाम्रो विद्यालय जोखिममै रह्यो ।’

विद्यालयमा अहिले बाल कक्षादेखि पाँच कक्षासम्म ६६ जना बालबालिका अध्ययनरत छन् । दुई जना स्थायी शिक्षक, एक जना राहत शिक्षक, एक जना बालविकास शिक्षक गरी चार जना शिक्षक र एक जना विद्यालय कर्मचारी छन् ।

सहयोगको पत्र बाहेकको विकल्प रहेन
विद्यालयहरुको अभिभावक रहेको छेगागाड नगरपालिका भने हालको अवस्थामा उक्त विद्यालयका लागि राहत सहयोग गर्न सक्ने अवस्थामा देखिदैन । ‘पहिरो जोखिमले भवनमुनीको माटो भास्सिएको अवस्था छ भन्ने खबर पाएका छौँ ।’ नगरपालिकाको शिक्षा शाखाका खड्क केसीले भने, यस्तो अवस्थामा सोही भवन मर्मत गरी कक्षा सञ्चालन गर्नपनि सकिदैन । विद्यालयका लागि सहयोगी निकायमा खबर गरेका भने छौँ ।’

माटो खस्किएको कारण विद्यालयलाई थप नयाँ भवनको नै आवश्यकता परेको छ । पुरानो भवन मर्मत सम्भार गर्न सकिएपनि जोखिम न्युनिकरण भने हुन सक्दैन । नयाँ भवनका लागि राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रमलगायतका निकायमा नगरपालिकाले पत्र देखि पठाएको भने छ । यसैगरी जिल्ला पस्थित विपद् न्युनिकरण सम्बन्धिका समितिहरुमा समेत भवन निर्माणका लागि सहयोग गर्न अनुरोध गरिएको केसीले जानकारी दिए ।

पहिरोले जोखिममा विद्यालय : तरकारी फल्ने टनेलमा क.ख.. रा…

YUGAAWHAN NATIONAL DAILY (2079-05-10)

पहिरोले जोखिममा विद्यालय : तरकारी फल्ने टनेलमा क.ख.. रा…

मतदाता नामावलीको नाम सच्याउन ३ दिनको अवधी

Leave a comment

Your email address will not be published. Required fields are marked *