एकीकृत समाजवादी कर्णालीका आधिकारिक उम्मेदवारकाे नामावली (१३ प्रमुख, १६ उपप्रमुख)

सुर्खेत, १३ बैशाख ।
नेकपा एकीकृत समाजवादी पार्टी कर्णाली प्रदेश समन्वय कमिटीले आफ्ना आधिकारिक उम्मेदवारहरुको टुङ्गो लगाएको छ । गठबन्धनबाट प्राप्त १३ वटा पालिका प्रमुख र १६ वटा उपप्रमुख प्राप्त नगरपालिका र गाउँपालिकामा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवारहरुको टुङ्गो लगाएको हो ।
डोल्पामा ठुलीभेरी नगरपालिकाको प्रमुख पदमा कर्ण बहादुर रोकाय, त्रिपुरा सुन्दरी नगरपालिकाको उपप्रमुख पदमा छक्क भरला, मुडकेचुला गाउँपालिका उपाध्यक्ष पदमा कृष्ण बोहोरा, जगदुल्ला गाउँपालिकाको उपाध्यक्षमा युवराज थकाली छनौंट गरिएको छ ।
दैलेख महावु गाउँपालिका अध्यक्ष पदमा जंग बहादुर शाही, चामुण्डाबिन्द्रासैनी नगरपालिका प्रमुखमा मनिसा कार्की, उपप्रमुख पदमा नमन शाही, नारायण नगरपालिका उपप्रमुख पदमा सावित्रि मल्ल, भैरवी गाउँपालिका उपाध्यक्षमा जगत आचार्य, डुङ्गेश्वर गाउँपालिका उपाध्यक्ष पदमा रविन्द्र डाँगीलाई आधिकारिकता दिएको छ ।
त्यसैगरी कालिकोट नरहरी गाउँपालिकाको अध्यक्ष पदमा धिर बहादुर विष्ट, शुभकालिका गाउँपालिका अध्यक्ष पदमा पुष्पराज आचार्य, राष्कोट नगरपालिकाको उपप्रमुखमा मनिराज बराल, सान्नीत्रिवेणी गाउँपालिकाको उपाध्यक्ष पदमा कृष्णकला पाण्डे (देवकोटा), जाजरकोट भेरी नगरपालिका प्रमुख पदमा कमान बहादुर खड्कालाई पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार बनाएको छ ।
हुम्ला ताँजाकोट गाउँपालिकाको उपाध्यक्ष पदमा सम्पत्ती शाही, अदानचुली गाउँपालिका उपाध्यक्ष पदमा पवित्रा कुमारी देवकोटा, चंखेली गाउँपालिका उपाध्यक्ष पदमा प्रेमकला शाहीलाई आधिकारिक उम्मेदवार बनाएको छ ।
मुगु सोरु गाउँपालिकाको अध्यक्ष पदमा धर्म बहादुर शाही, मुगुम कार्मारुङको उपाध्यक्ष पदमा छुल्डिङ लामा, जुम्ला गुठीचौर गाउँपालिकाको उपाध्यक्ष पदमा शान्ति कुमारी मल्ल, हिमा गाउँपालिका अध्यक्ष पदमा भैबहादुर रोकायलाई आधिकारिक उम्मेदवार बनाइएको छ ।
त्यसैगरी सल्यान कपुरकोट गाउँपालिका अध्यक्ष पदमा भद्रसिंह बुढा, सिद्धकुमाख गाउँपालिका अध्यक्ष पदमा चित्र बहादुर चलाउने, शारदा नगरपालिकाको उपप्रमुखमा पत्रकार तथा सामाजसेवी रमेश गौतमलाई आधिकारिक उम्मेदवारी दर्ता गराइएको छ ।






