वाईसिएल बाफिकोटको उद्घाटन सत्र सम्पन्न बन्द सत्र आजै हुने

प्रचण्ड खत्री
रुकुम पशिम ।
नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र निकट भात्री संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) बाफिकोट गाउँपालिकाको दोस्रो सम्मेलनको उद्घाटन सत्र सम्पन्न भएको छ ।
बाफिकोट गाउँपालिकाको छिनखेतमा जारी सम्मेलनको बन्दसत्र आजै सुरु हुने भएको छ । आज सुरु हुने बन्दसत्र भोलि साँभसम्म चल्ने वाईसिएल बाफिकोट गाउँपालिका इन्चार्ज सौरप केसीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा रुकुम पश्चिम इन्चार्ज राजकुमार शर्माले युवाहरुलाई रोजगारीको अवसर दिलाउनका लागि आफुले संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरिरहेको बताए ।
युवाहरु देशका गहना भएकाले युवाहरुलाई रोजगारीको अवसर दिलाउन आफु लागि परेको दावी गरे । युवाहरुलाई सहकारी मार्फत रोजगारी दिने लक्ष्य रहेको शर्माको भनाई थियो ।
देश परिवर्तनको सवालमा पटक पटक भएका आन्दोलन सफल बनाउँदै आन्दोलनलाई संस्थागत बनाउँनका लागि युवाहरुको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे ।


