२०८३ आश्विन १७ गते
×

Now Playing

माओवादी कालिमाटीको गाउँ कमिटी बैठक सम्पन्न

दिलिप ढकाल
गुर्भाकोट ।
नेकपा माओवादी (केन्द्र) कालिमाटी गाउँ कमिटीले चुनाव लक्षित बैठक सम्पन्न गरेको छ । कालिमाटी गाउँपालिका-४ खैरेनीमा सम्पन्न गाउँ कमिटीको विस्तारित बैठकको प्रमुख अतिथि कणर्ाली प्रदेश सदस्य एवम् सल्यान जिल्ला संयोजक कृति बहादुर पुन रहेका थिए ।

त्यस्तै प्रदेश कमिटी सदस्य, कालिमाटी गाउँ कमिटी तथा त्रिवेणी गाउँ कमिटी इन्चार्ज भिम प्रकाश शर्मा (रमेश कोइराला) सल्यान (ख) इन्चार्ज रत्न बहादुर वली, सल्यान (ख) संयोजक चित्र बहादुर केसी लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै बैठकले आगामी वैशाख ३० मा हुने स्थानिय तहको निर्वाचनमा नेकपा माओवादीलाई पहिलो पार्टी बनाउने गरी रणनैतिक योजना तय गर्दै कार्य विभाजनसमेत गरेको छ ।

जस अनुसार पुर्बी कमाण्ड वडा नम्बर १,२,३ र ४ को कमाण्ड ईन्चार्ज पुरुषोत्तम भट्टराई कमाण्ड संयोजक गम बहादुर रावत, सदस्यहरु प्रेम बहादुर ओली, निम बहादुर बिक र संगीता खासुलाई जिम्मेवारी दिइएको छ । यस्तै पश्चिम कमाण्ड ५, ६ र ७ को कमाण्ड इन्चार्जमा रुद्र बहादुर घर्ति, संयोजक चन्द्र बहादुर सिंजाली, सदस्यहरु मोति ओली तथा भिम बहादुर खत्रीले जिम्मेवारी पाएका छन् ।

त्यस्तै विभागिय कमाण्डको जिम्मेवारी ईन्चार्ज सालिकराम भट्टराई, संयोजक टेकराज पुलामी र सदस्य टोप बहादुर थापाले पाएका छन् ।

गाउँ कमिटीको विस्तारित बैठकमा पार्टीका जनवर्गीय संगठन प्रमुखहरु, जिल्ला समन्वय कमिटी तथा प्रदेश सल्लाहकारहरुको उपस्थिती रहेको थियो ।

माओवादी कालिमाटीको गाउँ कमिटी बैठक सम्पन्न

वाईसिएल बाफिकोटको उद्घाटन सत्र सम्पन्न बन्द सत्र

माओवादी कालिमाटीको गाउँ कमिटी बैठक सम्पन्न

सांसद साहमाथि एमाले कार्यकर्ताले आक्रमण गरेको जसपाको

Leave a comment

Your email address will not be published. Required fields are marked *