सुर्खेतका सबै पालिकाको निति, कार्यक्रम : वीरेन्द्रनगरको झण्डै दुई अर्वको बजेट

सुर्खेत, ११ असार ।
सुर्खेतका ९ सथानीय तह मध्य सबैभन्दा धेरै बजेट वीरेन्द्रनगर नगरपालिकाको रहेको छ । वीरेन्द् नगर नगरपालिकाले कुल एक अर्व ९४ करोड ११ लाख १२ हजार पाँच सय रुपैयाँको बजेट ल्याएको छ ।

यसैगरी लेकबेशी नगरपालिकाले ७४ करोड ८७ लाख नौं हजार ५७ रुपैयाँको कुल बजेट ल्याएको छ । पञ्चपुरी नगरपालिकाले ८६ करोड २० लाख ४८ हजार ६ सय ५१ रुपैयाँको कुल बजेट ल्याएको छ ।

गुर्भाकोट नगरपालिकाले ९५ करोड ५८ लाख ३३ हजार रुपैयाँको बजेट ल्याएको छ । भेरीगंगा नगरपालिकाले भने ६७ करोड पाँच लाख ८१ हजार सात सय ८९ रुपैयाँको कुल बजेट ल्याएको छ । यता सुर्खेतका गाउँपालिका तर्फ भने चौकुने गाउँपालिकाले कुल ५७ करोड ६८ लाख ४४ हजार रुपैयाँको बजेट ल्याएको छ ।

बराहताल गाउँपालिकाले ६२ करोड ७१ लाख आठ हजार ६ सय २३, चिङ्गगाड गाउँपालिकाले ४९ करोड ३८ लाख ९६ हजार आठ सय ९६ सिम्ता गाउँपालिकाले कुल ५९ करोड ९५ लाख ३४ हजार रुपैयाँको बजेट ल्याएको छ ।

 

वीरेन्द्रनगर नगरपालिका
वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि एक अर्ब ९४ करोड ११ लाख १२ हजार पाँच सय रुपैयाँको बजेट ल्याएको छ । पुँजीगततर्फ ५३ करोड ५५ लाख ३६ हजार पाँच सय, चालुतर्फ एक अर्ब ३७ करोड ३५ लाख ७६ हजार र वित्तीय व्यवस्थातर्फ तीन करोड २० लाख रुपैयाँको नगरले बजेट ल्याएको हो ।

यो चालु आर्थिक वर्षको भन्दा ३७ करोड ५८ लाख ४९ हजार ९ सय रुपैयाँले बढी बजेट हो । नगरको बजेटमा वीरेन्द्रनगर मुख्य बजार सडकलाई व्यबस्थित र सुन्दर फुटपाथ सहितको सडक निर्माण गर्ने गरी निर्माण प्रकृयालाई, निरन्तरता दिईने, ट्राफिक लाईट ब्यवस्थापन, सडक छेउमा हरियाली ब्यवस्थापनमा जेब्रा क्रसको लागि रु. १५ लाख बजेट विनियोजन गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिकाभित्र निर्माण हुने आवासीय क्षेत्रलाई विभिन्न आवासीय भवनहरुको नमुना नक्साहरु वनाई प्रत्येक भवनहरुको अगाडिको भागको निर्माणमा एकरुपता ल्याउन १० लाख रुपैयाँ बजेट छुट्टाइएको छ । वडा नं. १५ र १६ मा विद्युत नपुगेका वस्तीहरुमा विद्युतीकरणको कार्यक्रम निरन्तरताका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी फुटपाथ, साईकल लेन, सवारी पार्किङ्ग, रोडमा लाइनिङ्ग र ट्राफिक लाइट समेतको डिजाईन गरी नमुना सडक अवधारणालाई अगाडी बढाउन १५ लाख रुपैयाँ, मंगलगढी र एरिचोक जस्ता स्थानहरुमा आकाशे पुलको सम्भाव्यता अध्ययनका लागि १० लाख रुपैयाँ वजेट विनियोजन गरिएको छ ।

जेष्ठ नागरिक तथा गर्भवती महिलाका लागि निशुल्क एम्बुलेन्स तथा भिडियो एक्सरे सेवा सञ्चालनका बजेट विनियोजन, कृषकहरुले उत्पादन गरेका कृषि उपज सहजरुपमा खरिद, विक्रिका लागि तथा कृषि तथा पशुपालनमा देखिएको विचौलियाको अन्त गर्नका लागी उपयुक्त स्थानहरुमा पशु तथा तरकारी हाट वजार र कृषि सङ्कलन केन्द्र स्थापना तथा तरकारी एम्वुलेन्सको व्यवस्था गरिने नगर उपप्रमुख निलकण्ठ खनालले जानकारी दिए ।

पशु चौपायाहरुको अभिलेख ब्यवस्थापन तथा छाडा पशु निन्त्रणमा सघाउ पु¥याउन कर्णाली प्रदेश सरकारको समन्वयमा वीरेन्द्रनगर नगरपालिकाको समजिघाट र कटकुवामा व्यवस्थित गौशाला निर्माण गरी सञ्चालनमा ल्याउन २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगर उपप्रमुख खनालले बताए ।

त्यसका साथै लामो समय देखी वन्द रहेको घण्टाघरको सुई लगायत वाहिरी क्षेत्रको सौन्दर्यकरण गरी व्यवस्थित गरिने र घण्टाघर व्यवस्थापनका लागि २५ लाख रुपैयाँ वजेट विनियोजन गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाको बजेटमा खासगरी पानीको व्यवस्थापना, थुनिएका ढल सञ्चालन, सडक सुरक्षा तथा हरियाली, विद्युत, स्वास्थ्यलगायतका क्षेत्र प्राथमिकतामा रहेका छन् ।

भेरीको पानी लिफ्टिङ् गका लागि पूर्वाधार निर्माण तर्फ नगरपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरेको छ । यसैगरी डिप बोरिङ, ओभरहेड ट्यांकी र खानेपानी प्रणालीको सुधार तर्फ एक करोड रुपैयाँ, राजमार्ग क्षेत्रमा थुनिएका ढल सञ्चालन तर्फ ४० लाख रुपैयाँ, ट्राफिक लाइट तथा सडक छेउमा हरियाली व्यवस्थापन तर्फ १५ लाख रुपैयाँ, आवासीय क्षेत्रमा भवन निर्माणमा एकरुपता ल्याउनका लागि १० लाख रुपैयाँ र ल्याण्डफिल्ड साईट पहुँच मार्गका लागि ८० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यसैगरी नगर अन्र्तगत रहेका खोला करिडोर निर्माण तर्फ ६० लाख रुपैयाँ, सिटी वसपार्कमा संरचना निर्माण तर्फ ४० लाख रुपैयाँ, वडा नं. १५ र १६ मा विद्युतीकरणका लागि एक करोड रुपैयाँ, मंगलगढी चोक र एरीचोकमा आकाशे पुल सम्भाव्यता अध्ययनका लागि १० लाख रुपैयाँ र नगर अन्र्तगत रहेका विद्यालयका कच्ची र जिर्ण टीन पुनःनिर्माणका लागि ३५ लाख रुपैयाँ विनियोजन गरिएको नगर उपप्रमुख खनालले जानकारी दिए ।

मंगलगढी र यरिचोकमा आकाशे पुल
वीरेन्द्रनगर नगरपालिकाले ११ औं नगर सभा समक्ष नगर प्रमुख मोहनमाया ढकालले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । उक्त नीति तथा कार्यक्रममा वीरेन्द्रनगरमा बढी सवारी चाप भएका स्थानहरू मंगलगढी र यरिचोकमा सम्भाव्यता अध्ययन गरि आकाशे पुलको निर्माण गरिने भएको छ ।

त्यस्तै, नगरका फुटपाथ, साईकललेन, सवारी पार्किङ्ग, रोडमा लाइनिङ्ग, ट्राफिक लाइनिङ्गसमेतको डिजाईन गरि नमुना सडक निर्माण गर्ने कार्यको थालनी, उपत्यकाको खानेपानी समस्यालाई दीगो समाधान गर्न भेरीको पानी लिफ्टीङ्ग आयोजना अगाडि बढाउन संघिय सरकार, प्रदेश सरकार र विकास साझेदारहरु संगको सहकार्य र आर्थिक वर्षदेखि पहूँच मार्ग निर्माण लगायत अति आवश्यक पूर्वाधारका कार्यहरूको शुरूआत गरिने छ ।

यस्तै, नगरपालिकाले आर्थिक वर्ष ०७८÷०७९ का लागि स्वीकृत कर दस्तुरलाई वृद्धि नगरी सोहि दरलाई नै निरन्तरता दिँदै करदाता र करको दायरा विस्तारको नीति तथा करका दरहरुमा आवश्यकता र औचित्यताको आधारमा छुट एवं सहुलियत दिने नीति लिईने वीरेन्द्रनगर नगरपालिकालाई उपमहानगरपालिका बनाउन आवश्यक पर्ने राजस्वलाई दृष्टिगत गरि रु २७ करोड संकलन गर्ने गरी योजना वनाई पूर्ण कार्यान्वयन गरिने नीतिमा उल्लेख गरिएको छ ।

नेपालको संविधान अन्तर्गत स्थानीय तहको अधिकार सुचीभित्र पर्ने सम्पत्ति कर, भूमीकर, घरजग्गा वहालकर, व्यापार व्यवसाय कर, जडीबुटी, कवाडी तथा जीवजन्तु कर, सवारी साधन कर, विज्ञापन कर, मनोरन्जन कर, वहाल विटौरी शुल्क, पार्किंङ शुल्क, विभिन्न सेवा शुल्क दस्तुर क्षेत्रलाई फराकिलो पार्दै कर एवं शुल्क तिरेको अनुभुति हुने गरी कर संकलन कार्यलाई निरन्तरता दिईनेछ ।

लेकवेशी नगरपालिका
लेकवेशी नगरपालिका यसैगरी लेकवेशी नगरपालिकाले एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति दिने भएको छ । नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० का विनियोजित बजेटमा नगर निवासी एक जना विद्यार्थीलाई चिकित्सा शिक्षा (एमबिबिएस) अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्न बजेटको व्यवस्था गरिएको नगर उपप्रमुख विमला खड्लुकले जानकारी दिइन् ।

नगरपालिकाले आर्थिक विकास र गरिबी निवारणमा प्रत्येक्ष योगदान पु¥याउने, उत्पादन र छिटो प्रतिफल दिने, राजश्व परिचालनमा योगदान पुरयाउने, संस्थागत विकास र सुशासनमा योगदान पुरयाउनेलगायतका आयोजनालाई प्राथमिकता दिएको छ ।

‘उद्यमशिलता, रोजगारी र उत्पादन वृद्वि : हुन्छ नगरको समृद्वि’, ‘एक वडा एक लघु उद्यम’लगायत कृषि क्षेत्रमा आधारित रही नगरले आगामी आर्थिक वर्षको बजेट विनियोजन गरेको छ । लेकवेशी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/o८० का लागि कुल ७४ करोड ८७ लाख नौं हजार ५७ रुपैयाँको बजेट ल्याएको छ ।

कुल विनियोजित बजेटमा चालु खर्च तर्फ ४० करोड २५ लाख ४३ हजार तीन सय ६९ रुपैयाँ र पुँजीगत तर्फ २० करोड ९७ लाख ८८ हजार एक सय ९२ रुपैयाँ रहेको छ । यसैगरी विकास साझेदार संघसंस्थाहरुको कार्यक्रम तर्फ चार करोड ६३ लाख ७७ हजार चार सय ९६ रुपैयाँ रहेको नगर उपप्रमुख खड्लुकले जानकारी दिइन् ।

भेरीगंगा नगरपालिका
भेरीगंगा नगरपालिका सुर्खेतले आर्थिक वर्ष २०७९/o८० का लागी ६७ करोड भन्दा बढिको बजेट ल्याएको छ । नगरपालिकाको ११ औँ नगरसभामा नगर उपप्रमुख धनसरा बोहोराले आगामी आर्थिक वर्ष २०७९/o८० को लागि ६७ करोड ०५ लाख ८१ हजार ७ सय ७९ रुपैयाँ बजेट प्रस्तुत गरेका थिए ।

राजस्व बाँडफाँड तर्पm १३ करोड २१ लाख ३९ हजार १ सय ३९, आन्तरिक तर्फ २ करोड ९९ लाख ५५ हजार ६ सय ४०, बित्तिय समानिकरण तर्फ १५ करोड ९५ लाख ८७ हजार, सर्शत अनुदान तर्फ ३२ करोड २९ लाख बजेट प्राप्त भएको छ । त्यस्तै समपुरक अनुदान तर्फ १ करोड ३० लाख र विशेष अनुदान तर्फ १ करोड ३० लाख ल्याएको छ ।

शुक्रबार नगर सभामा प्रस्तुत भएको निति तथा कार्यक्रममा भेरीगंगा नगरपालिकाको वडा नम्वर १ र २ लाई केरा खेतीको पकेट क्षेत्रको रुपमा विकास गर्ने, त्यस्तै वडा नम्वर १,२,३,४,५,६ र ७ लाई बाख्रा पालनको विशेष पकेट क्षेत्रको रुपमा विकास गर्ने वडा नम्वर ४,८,९,१०,११,१२ र १३ लाई दुधको पकेट क्षेत्रको रुपमा विकास गरिने निती तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यसैगरी साविकको रामघाटमा भैँसीको लागि श्रोत केन्द्रको सम्भाव्यता अध्ययन गरिने, साविकको मैनतडामा उन्नत र पाख्रीबास बंगुर तथा भैँसीको श्रोत केन्द्र स्थापना गरिने,एक वडा एक पशु स्वास्थ्य प्राविधिकको क्रमश विस्तार गरिने निती तथा कार्यक्रममा उल्ल्ेख गरिएको छ ।

त्यसैगरी सहकारीहरुको कार्य हेरी उत्कृष्ट हुने सहकारी संस्थालाई प्रोत्साहन तथा सम्मानको व्यवस्था गरिने,अटो रिक्साको भाडादरमा एकरुपता ल्याउनमा पहल गरिने, महिलाका लागि अटोरिक्सा तालिम, युवाहरुका लागि पलम्बर तालिम, बाँस तथा निगालाका सामाग्री निर्माण तालिम, हाउस वायरिंग, सिलाई कटाई, दुना टपरी, कम्प्युटर सीप विकास लगायतका तालिमहरु सञ्चालन गरिने, नगरमा कृषि विमा कार्यक्रम सञ्चालन गरिने,कक्षा १ देखि ५ सम्म स्थिानीय पाठ्यक्रम लागु गरिने, निती तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

भेरीगंगा नगरपालिकाको छिन्चुमा अत्याधुनिक कबर्ड हल निर्माण गरिने, मैनतडाको नगर स्तरीय रंगशालालाई संघ र प्रदेश सरकारको सहयोगमा सम्पन्न गरिने, टिनको छाना मुक्त विद्यालय निर्माणमा जोड दिइने, पी.सी.आर तथा एन्टिजिनको दायरा समुदाय स्तरसम्म बढाउने, ६० वर्ष नाघेका महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानजनक विदाई गरिने,महिला स्वास्थ्य स्वयंसेविकालाई चाडवाड खर्चको व्यस्थापन गरिने,एक घर, पाँच जडिबुटि,पाँच योग्य कार्यक्रम सञ्चालन गरिने निति तथा कार्यक्रमहरु नगरसभामा पेश गरिएको छ ।

त्यस्तै भेरीगंगा नगरपालिकाको एक नमुना जडिबुटि उद्यान बनाउन पहल गरिने, अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिने, भेरीगंगा उज्यालो शहर कार्यक्रम लागू गरिने, हेल्पडेस्क,गुनासो सुनुवाई केन्द्र लाई प्रभावकारी रूपमा सञ्चालन गरिने, कोटमाझ खर्क को जग्गा तथा अन्य क्षेत्रको अधूरा जग्गाको छुट दर्ता प्रक्रिया अघि बढाइने र जग्गा धनी प्रमाणपत्र पुर्जा वितरण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

खानेपानीका परम्परागत श्रोतहरुको संरक्षण गर्दै उक्त श्रोतमा आधारित खानेपानी आयोजनाहरु निर्माणका लागी तत्काल सम्भाव्यता अध्ययनको काम अगाडी बढाउने पनी निती तथा कार्यक्रममा उल्लेख गरिएको छ । पत्रकारिता क्षेत्रको विकासका लागि नेपाल पत्रकार महासंघ सुर्खेतसंग सहकार्य गरी पत्रकार अक्षयकोषको स्थापना गर्ने लगाएतका निति तथा कार्यक्रमहरु नगरसभामा पेश गरिएको छ ।

बराहताल गाउँपालिका
यता बराहताल गाउँपालिकाले ६२ करोड ७१ लाख आठ हजार ६ सय २३ रुपैयाँको बजेट ल्याएको छ । कुल बजेटमा चालु खर्चतर्फ ३९ करोड ६४ लाख ५८ हजार ६ सय २३ रुपैयाँ र पूँजीगत तर्फ २३ करोड ६ लाख ५० हजार बजेट विनियोजन गरिएको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पुनमगरले जानकारी दिइन् । बजेटमा सडक, शिक्षा, स्वास्थ्य, विद्युतीकरणलाई प्रमुख प्राथमिकतामा राखि बजेट विनियोजन गरिएको उनले बताइन् ।

गुर्भाकोट नगरपालिका
जिल्लाको गूर्भाकोट नगरपालिकाले ९५ करोड ५८ लाख ३३ हजारको बजेट ल्याएको छ । शुक्रबार आगामी वर्ष २०७९/o८० का लागि नगर उपप्रमुख मैना वि.क.ले उक्त बजेट नगर सभामा प्रास्तुत गरेकी हुन् । यस्तै, नगरपालिकाले चालूतर्फ ६८ करोड ९ लाख ३३ हजार र पुँजीगततर्फ २४ करोड ९९ लाख बजेट प्रस्तुत गरिएको छ ।

आर्थिक वर्ष २०७९/o८० को बार्षिक नीति,कार्यक्रम तथा बजेट तर्जुमा सम्बन्धि ११ औ नगर सभा सम्पन्न भएको छ । नगरपालिकाको वडा नम्बर ८ स्थित खैरेनीमा रहेको सिटी हलमा दिउसो करिब १ बजे सुरु भएको ११ औ नगर सभा करी ४ बजे सम्म सञ्चालन भएको थियो ।

नगर प्रमुख तथा सभाका अध्यक्ष हस्त पुनले नीति तथा कार्यक्रम पेस गरेका थिए भने उप–प्रमुख मैना बिकले आर्थिक बर्ष २०७९–०८० को बजेट सार्बजनिक गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत १४ वटै वडाका अध्यक्षहरु, सदस्यहरु, कार्यपालिका सदस्यहरु लगायत् विभिन्न शाखाका शाखा प्रमुखको उपस्थिति रहेको थियो ।

सिम्ता गाउँपालिकाको वजेट ५९ करोड ९५ लाख सभामा पेस
सुर्खेतको उत्तरी पूर्वि सिम्ता गाउँपालिकाको आर्थिक वर्ष २०७९÷०८० का लागि सभामा ५९ करोड बढिको वजेट पेस गरिएको छ । आर्थिक, सामाजिक, संस्थागत बिकासका लागि पुर्बाधार, शुसासनयुक्त समृद्ध सिम्ता गाउँपालिकाको आधार भन्ने मुल नाराका साथ गाउँ सभा आ.व. २०७९/०८० को नीति तथा कार्यक्रम सभामा पेस गरिएको थियोे ।

गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दले प्रस्तुत गरेका थिए । आर्थिक विधेक, विनियोजन बिधेयक र बजेट बक्तब्य सभाका उपाध्यक्ष गोमा शर्मा (रेग्मी)ले प्रस्तुत गर्दै ५९ करोड ९५ लाख २४ हजार बजेट बिनियोजित गरिएको छ ।

साथै न्यायिक समिति, विद्यायन समिति, सुशासन समिति, लेखा समिति र कृषि बिधेयक २०७९ सभाका अध्यक्षले टेबुल गरेका थिए । अन्य बाँकी यी बिषयमा छलफलको लागि सभाका अध्यक्ष चन्दले आषाढ १७ गते ११ बजेका लागि सभा स्थगित गरिएको जानकारी दिए ।

सभामा प्रस्तुत गरेका विषयमा दफावार छलफलको लागि असार १७ गते नै सभा आब्हान गरिएको छ । आ.व. २०७९÷०८० को सिम्ता गाउँ पालिकाको बजेट सभामा सुर्खेत क्षेत्र नम्बर १ का सांसद ध्रुब कुमार शाही र निवर्तमान कर्णाली प्रदेश सभा सदस्य माननिय ठम्मर विष्टले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए ।

उक्त उद्घाटन कार्यक्रम गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन प्रकाश कुमार चन्दले गरेका थिए भने अतिथिलाई स्वागत मन्तव्यबाट स्वागत गाउँपालिका उपाध्यक्ष गोमा शर्मा(रेग्मी) ले गरेको जनाएको छ ।

उक्त सभाको शुभकामना मन्तव्य निवर्तमान अध्यक्ष कविन्द्र कुमार केसी, एमाले नेता पुर्ण बहादुर शाही, डण्डि प्रसाद शर्मा र डम्मर घर्ती, काँग्रेस नेता टेक बहादुर सिंह र विरेन्द्र रावत, समाजवादीका नेता भुवान बहादुर बुढा र सिम्ता बहुमुखी क्याम्पस सञ्चालन समिति अध्यक्ष नेत्रलाल महताराले गरेको जनाइएको छ ।

सुर्खेतका सबै पालिकाको निति, कार्यक्रम : वीरेन्द्रनगरको झण्डै दुई अर्वको बजेट

नलगाड नगरपालिकाले एकल पुरुषलाई विधुर भत्ता दिने

सुर्खेतका सबै पालिकाको निति, कार्यक्रम : वीरेन्द्रनगरको झण्डै दुई अर्वको बजेट

स्कारपियो दुर्घटना, चालकको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *