गठबन्धनको काम देश बनाउने नभई विगार्ने हाे : महासचिव शंकर पोखरेल

सुर्खेत ८ साउन  ।

प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले गठबन्धनको काम देश बनाउने नभई विगार्ने रहेको बताएका हुन् । उनले त्यसको नतिजा स्थानीय तहको निर्वाचनले एमाले पहिलो दल बनाएर पुष्टि भइसकेको दाबी समेत गरे ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनमा एमाले गठबन्धनलाई पराजित गर्न सक्षम रहेको बताएका छन्।

नेपाली चेलीहरु भारतमा बिहे गर्दा उनीहरुले त्यहाँको नागरिकता पाउनको लागि सात बर्ष लाग्छ, तर भारतीय चेलीहरु नेपालमा विहे गरी आउँदाखेरी तत्कालै नागरिकता प्राप्त गर्ने प्रबन्ध गर्नु भनेको दुई देशबीचको असमानता सिर्जना गराउनु हो,’ महासचिव पोखरेलले भने, ‘यस्तो कुरालाई अझ संसदमा राख्ने कुरा राष्ट्रको सार्वभौमिकताको दृष्टिकोणले पनि उचित होईन ।’

महासचिव पोखरेलले नागरिकता विधेयक हतारमा पारित गर्नु सरकारको नलायकीपन भएको बताउँदै यसबाट नेपाली चेलीहरुले अन्याय व्यहोर्नुपर्ने अवस्था सिर्जना हुने बताए ।

गठबन्धनको काम देश बनाउने नभई विगार्ने हाे : महासचिव शंकर पोखरेल

सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण सुरु

गठबन्धनको काम देश बनाउने नभई विगार्ने हाे : महासचिव शंकर पोखरेल

YUGAAWHAN NATIONAL DAILY (2079-04-08)

Leave a comment

Your email address will not be published. Required fields are marked *