काठमाडौं उपत्यकाका नदीमा पानीको सतह बढ्दो, सतर्कता अपनाउन अपिल

काठमाडौं, १० असार ।

काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उपत्यकाका तीनै जिल्लामा भारी वर्षा भइरहेको हो । भारी वर्षा भएसँगै काठमाडौं उपत्यकाका नदीहरूमा पानीको सतह बढेको छ। गए रातिदेखिको वर्षाका कारण नदीमा पानीको सतह बढेको छ ।

विभागका अनुसार बागमती, विष्णुमती, रूद्रमति, हनुमन्ते, मनोहरामा पानीको सतह बढिरहेको छ । यी नदी किनारको बाटो भई यात्रा गर्दा उच्च सतर्कता अपनाउनसमेत विभागले आग्रह गरेको छ । काठमाडौंमा गएराति देखिनै वर्षा भइरहेको छ । पछिल्लो चार घण्टामा काठमाडौं उपत्यकाका धेरै स्थानमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

’हाल देशका प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदलीदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखी सामान्य बदली रहेको छ,’ महाशाखाद्वारा जारी बुलेटिनमा भनिएको छ, ’प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा वर्षा भइरहेको छ ।

हाल देशको प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ भने पश्चिमी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । साथै भारतको उत्तर प्रदेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको समेत नेपालमा प्रभाव रहेको महाशाखाले जनाएको छ ।

स्रोत : सेतोपाटी

काठमाडौं उपत्यकाका नदीमा पानीको सतह बढ्दो, सतर्कता अपनाउन अपिल

पूर्वका भारतसँगका नाका ७२ घण्टाका लागि सिल

काठमाडौं उपत्यकाका नदीमा पानीको सतह बढ्दो, सतर्कता अपनाउन अपिल

व्यवसायीक भैँसी पालनले बढायो आम्दानी

Leave a comment

Your email address will not be published. Required fields are marked *