वीरेन्द्रनगरकाे मेयर उमेदवारमा राप्रपाबाट मुकुन्दश्याम गिरी

सुर्खेत, ११ बैशाख ।
राजेन्द्र लिङ्गदेल नेतृत्वको राप्रपाले स्थानीय तहको निर्वाचनलाई उच्च प्राथमिकता दिँदै केन्द्रीय पदाधिकारीलाई चुनावी मैदानमा उतारेको छ ।
पार्टीका केन्द्रीय उपाध्यक्ष तथा वीरेन्द्रनगर नगरपालिकाका पूर्व मेयर मुकुन्दश्याम गिरीलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा उम्मेदवारको रुपमा खडा गरेको हो ।
‘हामीले जनताको चाहना र राप्रपा प्रतिको जनलहरलाई ख्याल राख्दै देशका सबै स्थानीय तहमा उमेदवार छनौंटमा छलफल गरिरहेका छौं, अधिकांश उमेदवार छनौंट भइसकेका छन्, आज साँझसम्म सबै तहको उम्मेदवारी टुंगोमा लगाउँछौं’, ‘वीरेन्द्रनगरमा केन्द्रीय उपाध्यक्ष गिरीको उम्मेदवारी टुंगो लागेको छ’, प्रवक्ता मोहन श्रेष्ठले भने ।
यसैबीच नेपालगन्ज उपमहानगरका मेयर रहेका महामन्त्री डा.धवल शमशेर राणा सोही नगरमा पुनः उमेदवार नबन्ने भएपछि चार दिन अघि मात्रै नेकपा माओवादी केन्द्रबाट राप्रपा प्रवेश गरेका नन्दलाल वैश्यलाई मेयरमा उम्मेदवार बनाउने राप्रपाले टुंगो लगाएको छ ।






