सामाजिक सञ्जालले पत्रकारितामा ओझेल पार्यो : राष्ट्रपति भण्डारी

सुर्खेत,८ पाैष ।

 राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सञ्जालले पत्रकारिता क्षेत्रमा ओझेल पारेको बताएकी छन् । उनले डिजिटल मिडियाको प्रभाव पत्रकारिता क्षेत्रमा परेको भन्दै सामाजिक सञ्जालले पत्रकारिता ओझेलमा परेको बताइन् । ‘प्रविधिले ल्याएको परिर्वतनलाई नराम्रो भन्न मिल्दैन,’ उनले भनिन्, ‘पत्रकारिता आचारसंहिताको पालना र यसमा देखिएको समस्या समाधानको पहल गर्नु आवश्यक छ ।’

तर विचार र अभिव्यक्ति स्वतन्त्रतको सम्मान राज्यले गर्नुपर्ने उनको भनाइ छ । नेपाल पत्रकार महासंघको सुर्खेतमा जारी केन्द्रीय साधारण सभालाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सूचनााको हक लोकतन्त्रको अर्को सुन्दर पक्ष भएको बताइन् ।

महासंघले पत्रकारको हकहित र राज्यको दायित्वका विषयमा सहजीकरण गर्ने विश्वास पनि आफूले लिएको उनको भनाइ छ । महासंघको साधारणसभामा शुभकामना व्यक्त गर्न नेपाली कांग्रेसका तर्फबाट केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनहादुर शाही, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका कृष्णबहादुर महरा लगायत नेताहरू सुर्खेत पुगेका छन् ।

साधारणसभामा स्वदेश तथा विदेशमा रहेका महासंघका शाखाबाट करिब ७ सय प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

सामाजिक सञ्जालले पत्रकारितामा ओझेल पार्यो :  राष्ट्रपति भण्डारी

मधेसी आयोगको प्रश्न– ’सीके राउतलाई के आधारमा

सामाजिक सञ्जालले पत्रकारितामा ओझेल पार्यो :  राष्ट्रपति भण्डारी

झारफुकको बहानामा जब तातो तेल खन्याइयो

Leave a comment

Your email address will not be published. Required fields are marked *