मुख्यमन्त्री अन्तर्गतको ड्राइभिङ तालिम सम्पन

सुर्खेत ७ साउन ।
मुख्यमन्त्री दलित आयआर्जन प्रवर्द्धन कार्यक्रम अन्तरगत दलित युवाहरुलाई १ महिने ड्राइभिङ तालिम आज सुर्खेतको बाबियाचौरमा सम्पन्न भएको छ । तालिममा पञ्चपुरी नगरपालिका अन्तरगतका २४ जना दलितको सहभागीता रहेको थियोे ।

तालिमका सहभागीहरुले १ महिनाको तालिम प्रयाप्त नभएको र यसका लागि नगरपालिकाले आवश्यक सहयोग गरिदिन आग्रह गरेका छन । कार्यक्रम समापन गर्दै पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले सिकेको सीप ब्यबहारमा उतार्न सहभागीको सक्रियता भएमा नगरपालिका बाट आबश्यक सहयोग गर्ने समेत बताए । तालिमको सहजिकरण तथा प्रशिक्षण प्रशिक्षक ललित सुनारले गरेका हुन् ।






