१२ वटा शीर्षकबाट सेवा, सुविधाको नाममा मासिक लाखाै‌ बुझ्छन् जनप्रतिनीधि

सुर्खेत, ९ जेष्ठ ।
स्थानीय तहका जनप्रतिनीधिहरुले तलव खान नपाएपनि सेवा सुबिधाका नाममा तह अनुसार न्यूनतम ५ हजारदेखि अतिकतम् एक लाखसम्म पाउने गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, सदस्य, नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्य अन्य वडाका सदस्यहरुले आक्रर्षक सेवा, सुबिधा दिने गरिएको छ ।

स्थानीय तहका जनप्रतिनीधिहरुले पाउने सेवा सुविधा नेपाल सरकारका निजामति कर्मचारीभन्दा बढी नै रहेको छ । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश स्थानीय तहका पदाधिकारी तथा सेवा, सुविधा सम्वन्धि ऐन २०७५ ल्याएको थियो । सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई गैरकानुनी ठहर गरेको थियो ।

प्रदेश १ बाहेकका ६ प्रदेशले बनाएको स्थानीय तहका पदाधिकारीका सुविधा तथा पारिश्रमिक ऐन बनाई दिँदै आएको पारिश्रमिक र सुविधा असंवैधानिक ठहर गर्दै रोक्न आदेश दिएको हो ।

अधिवक्ता लोकेन्द्रबहादुर ओलीले २०७६ साल भदौ १ गते सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाई गर्दै तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले २०७६ साल कार्तिक १ गते निर्णय सुनाउँदै स्थानीय तहका पदाधिकारीले लिइरहेको पारिश्रमिक, तलब, सेवा, सुविधासम्बन्धी कानून बदर गर्ने फैसला सुनाएको थियो ।

प्रदेश १ बाहेक अरु छ वटै प्रदेशले जिल्ला समन्वय, गाउँ/नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, वडा सदस्यले पाउने सेवा, सुविधा तथा पारिश्रमिक ऐन बनाएर मासिक रुपमा तलब लिँदै आएको थियो ।

स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा, सुविधा सम्बन्धि कानूनमा संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई कर्णाली प्रदेश सभाको २०७७ साल असार २७ गते बसेको बैठकमा कर्णालीका सभामुख राजबहादुर शाहीले प्रमाणित गरेका थिए ।

त्यो सेवा सुविधा अनुसार कर्णालीका जनप्रतिनीधिहरुले आक्रषर्ण सेवा सुबिधा पाउँदै आएका छन् । जनप्रतिनीधिहरुले खानेपानी खानेपानी तथा सरसफाई, अतिथि सत्कार अनुगमन खर्च, टेलिफोन खर्च, पत्रपत्रिका र इन्टरनेट खर्च, विद्युत् तथा उर्जा खर्च, सवारी इन्धन, यातायात खर्च, चाडपर्व खर्च, बैठक भत्ता, दैनिक भ्रमण भत्ता र वैदेशिक भ्रमणका लागि खर्च पाउँदै आएका छन् ।

कसले कति पाउँछन्
जिल्ला समन्वय समिति प्रमुख
जिल्ला समन्वय समितिका प्रमुखको पत्रपत्रिका, इन्टरनेट खर्च तीन हजार, टेलिफोन तीन हजार, अतिथि सत्कार पाँच हजार, अनुगमन खर्च २० हजार, विद्युत् तथा उर्जा खर्च चार हजार, खानेपानी सरसफाई खर्च पाँच हजार, सवारी इन्धन एक सय लिटर मासिक रुपमा पाउने सेवा सुबिधा अन्र्तगत पाउँछन ।

अन्य सेवा सुबिधा अन्र्तगत यातायात खर्च १२ हजार, चार्डवाड खर्च १५ हजार, बैठक भत्ता एक हजार पाँच सय, दैनिक भ्रमण भत्ता दुई हजार, बैदेशिक भ्रमण गए १५० अमेरिकी डलर पाउने गर्दछन् । १० लाखको यात्रा वीमा पनि गरिएको छ ।

सेवा, सुबिधा अन्र्तगत मासिक पत्रपत्रिका, टेलिफोन, अनुगमन खर्च, विद्युत् गरेर ४० हजार, एक सय लिटर इन्धनको अहिलेको बजार मूल्य अनुसार १५ हजार गरेर मासिक ५५ हजार रुपैयाँ हुने गर्दछ । त्यस्तै बैठक भत्ता, दैनिक भ्रमण खर्च बाहेक बर्षमा एक पटक चार्डवाड खर्च १५ हजार रकम पाउने गर्दछन् ।

उपप्रमुख
जिल्ला समन्वय समितिका उपप्रमुखको पत्रपत्रिका, इन्टरनेट खर्च तीन हजार, टेलिफोन तीन हजार, अतिथि सत्कार चार हजार, अनुगमन खर्च १८ हजार, विद्युत् तथा उर्जा खर्च तीन हजार, खानेपानी सरसफाई खर्च चार हजार, सवारी इन्धन ९० लिटर मासिक रुपमा पाउने सेवा, सुबिधा अन्र्तगत पाउँछन ।

अन्य सेवा सुबिधा अन्र्तगत यातायात खर्च १२ हजार, चार्डवाड खर्च १५ हजार, बैठक भत्ता एक हजार पाँच सय, दैनिक भ्रमण भत्ता एक हजार आठ सय, बैदेशिक भ्रमण गए १५० अमेरिकी डलर पाउने गर्दछन् ।

१० लाखको यात्रा बिमा पनि गरिएको छ । सेवा, सुविधा अन्र्तगत मासिक पत्रपत्रिका, टेलिफोन, अनुगमन खर्च, विद्युत् गरेर ३५ हजार, ९० लिटर इन्धन लिटरको अहिलेको बजार मूल्य अनुसार साढे १३ हजार गरेर मासिक साढे ४८ हजार रुपैयाँ हुने गर्दछ । त्यस्तै, बैठक भत्ता, दैनिक भ्रमण खर्च बाहेक बर्षमा १ पटक चाडवाड खर्च वापत मासिक १५ हजार सुविधा लिने गरेका छन् ।

जिल्ला सवन्वयका सदस्य
जिल्ला समन्वय समितिका सदस्यले पत्रपत्रिका, इन्टरनेट खर्च एक हजार पाँच सय, टेलिफोन एक हजार पाँच सय, अतिथि सत्कार एक हजार पाँच सय, अनुगमन खर्च छ हजार, विद्युत् तथा उर्जा खर्च पाँच सय, खानेपानी सरसफाई खर्च एक हजार पाँच सय, सवारी इन्धनको व्यवस्था गरिएको छैन् । सेवा, सुबिधा अन्र्तगत पाउँछन ।

अन्य सेवा चार्डवाड खर्च १५ हजार, बैठक भत्ता एक हजार पाँच सय, दैनिक भ्रमण भत्ता एक हजार छ सय, बैदेशिक भ्रमण गए १५० अमेरिकी डलर पाउने गर्दछन् । १० लाखको यात्रा बिमा पनि गरिएको छ ।

सेवा सुबिधा अन्र्तगत मासिक पत्रपत्रिका, टेलिफोन, अनुगमन खर्च, विद्युत् गरेर १२ हजार पाँच सय र त्यस्तै, बैठक भत्ता, दैनिक भ्रमण खर्च चार्डवाड खर्चबाट बर्षमा एक पटक १५ हजार बुझ्ने गरेका छन् ।

नगरपालिका प्रमुख
नगरपालिकाका प्रमुखले प्रमुखले पत्रपत्रिका, इन्टरनेट खर्च तीन हजार, टेलिफोन तीन हजार, अतिथि सत्कार पाँच हजार, अनुगमन खर्च १८ हजार, विद्युत् तथा उर्जा खर्च चार हजार, खानेपानी सरसफाई खर्च पाँच हजार, सवारी इन्धन ८० लिटर मासिक रुपमा पाउने सेवा सुबिधा अन्र्तगत पाउँछन ।

अन्य सेवा, सुबिधा अन्र्तगत यातायात खर्च १२ हजार चार्डवाड खर्च १५ हजार, बैठक भत्ता एक हजार पाँच सय, दैनिक भ्रमण भत्ता एक हजार आठ सय, बैदेशिक भ्रमण गए १५० अमेरिकी डलर पाउने गर्दछन् । १० लाखको यात्रा बिमा पनि गरिएको छ ।

सेवा, सुबिधा अन्र्तगत मासिक पत्रपत्रिका, टेलिफोन, अनुगमन खर्च, विद्युत् गरेर ३८ हजार, ८० लिटर इन्धनको अहिलेको बजार मूल्य अनुसार १२ हजार गरेर मासिक ५० हजार रुपैयाँ हुने गर्दछ । त्यस्तै बैठक भत्ता, दैनिक भ्रमण खर्च चार्डवाड खर्च वापत बर्षमा एक पटक १५ हजार थप सेवा, सुविधा लिने गरेका ।

नगरपालिका उपप्रमुख
नगरपालिकाका प्रमुखले पत्रपत्रिका, इन्टरनेट खर्च तीन हजार, टेलिफोन तीन हजार, अतिथि सत्कार पाँच हजार, अनुगमन खर्च १४ हजार, विद्युत् तथा उर्जा खर्च तीन हजार, खानेपानी सरसफाई खर्च चार हजार, सवारी इन्धन ७० लिटर मासिक रुपमा पाउने सेवा सुबिधा अन्र्तगत पाउँछन ।

अन्य सेवा, सुबिधा अन्र्तगत यातायात खर्च १२ हजार चाडवाड खर्च १५ हजार, बैठक भत्ता एक हजार पाँच सय, दैनिक भ्रमण भत्ता एक हजार छ सय, बैदेशिक भ्रमण गए १५० अमेरिकी डलर पाउने गर्दछन् ।

१० लाखको यात्रा बिमा पनि गरिएको छ । सेवा सुबिधा अन्र्तगत मासिक पत्रपत्रिका, टेलिफोन, अनुगमन खर्च, विद्युत् गरेर ३२ हजार, ७० लिटर इन्धनको पहिलेको बजार मूल्य अनुसार १० हजार गरेर मासिक ४२ हजार रुपैयाँ हुने गर्दछ ।

त्यस्तै बैठक भत्ता, दैनिक भ्रमण खर्च बाहेक चार्डवाड खर्च बर्षमा एक पटक १५ हजार नगद सुविधा बराबर बुझने गरेका छन् । नगरपालिकाका उपप्रमुख योजना अनुगमन शाखाका प्रमुख हुने भएकाले दुबै जोड्दा नगरपालिकाको उपप्रमुखले मासिक ७० हजारदेखि एक लाखभन्दा बढी रकम बुझ्ने गरेका छन् ।

नगरपालिकाका वडा अध्यक्ष
नगरपालिकाका वडा अध्यक्षले पत्रपत्रिका, इन्टरनेट खर्च तीन हजार, टेलिफोन तीन हजार, अतिथि सत्कार पाँच हजार, अनुगमन खर्च आठ हजार, विद्युत् तथा उर्जा खर्च दुई हजार, खानेपानी सरसफाई खर्च दुई हजार, सवारी इन्धन २५ लिटर मासिक रुपमा पाउने सेवा, सुबिधा अन्र्तगत पाउँछन ।

अन्य सेवा, सुबिधा अन्र्तगत चार्डवाड खर्च १५ हजार, बैठक भत्ता एक हजार पाँच सय, दैनिक भ्रमण भत्ता एक हजार छ सय, बैदेशिक भ्रमण गए १५० अमेरिकी डलर पाउने गर्दछन् । १० लाखको यात्रा बिमा पनि गरिएको छ ।

सेवा, सुबिधा अन्र्तगत मासिक पत्रपत्रिका, टेलिफोन, अनुगमन खर्च, विद्युत् गरेर २२ हजार, २५ लिटर इन्धनको पहिलेको बजार मूल्य अनुसार ४ हजार गरेर मासिक २६ हजार रुपैयाँ हुने गर्दछ । त्यस्तै, बैठक भत्ता, दैनिक भ्रमण खर्च चार्डवाड खर्च वापत बर्षमा एक पटक १५ हजार थप बुझ्ने गरेका छन् ।

नगर कार्यपालिका सदस्य
नगरपालिकाको कार्यपालिका सदस्यले पत्रपत्रिका, इन्टरनेट खर्च एक हजार पाँच सय, टेलिफोन एक हजार पाँच सय, अतिथि सत्कार एक हजार पाँच सय, अनुगमन खर्च पाँच हजार, विद्युत् तथा उर्जा खर्च पाँच सय, खानेपानी सरसफाई खर्च एक हजार पाँच सय मासिक रुपमा पाउने सेवा सुबिधा अन्र्तगत पाउँछन भने, अन्य सेवा सुबिधा अन्र्तगत चाडवाड खर्च १५ हजार, बैठक भत्ता एक हजार पाँच सय, दैनिक भ्रमण भत्ता एक हजार छ सय, बैदेशिक भ्रमण गए १५० अमेरिकी डलर पाउने गर्दछन् ।

१० लाखको यात्रा बिमा पनि गरिएको छ । सेवा सुबिधा अन्र्तगत मासिक पत्रपत्रिका, टेलिफोन, अनुगमन खर्च, विद्युत् गरेर ११ हजार पाँच सय रुपैयाँ हुने गर्दछ । त्यस्तै, बैठक भत्ता, दैनिक भ्रमण खर्च चार्डवाड खर्चवापत बर्षमा एक पटक १५ हजार बुझ्ने गरेका छन् ।

नगरसभाका सदस्य
नगरपालिकाको नगरसभाका सदस्यले पत्रपत्रिका, इन्टरनेट खर्च एक हजार, टेलिफोन एक हजार, अतिथि सत्कार एक हजार, अनुगमन खर्च दुई हजार पाँच सय, विद्युत् तथा उर्जा खर्च पाँच सय, खानेपानी सरसफाई खर्च पाँच सय मासिक रुपमा पाउने सेवा सुबिधा अन्र्तगत पाउँछन भने, अन्य सेवा सुबिधा अन्र्तगत चाडवाड खर्च १५ हजार, बैठक भत्ता एक हजार पाँच सय, दैनिक भ्रमण भत्ता एक हजार छ सय, बैदेशिक भ्रमण गए १५० अमेरिकी डलर पाउने गर्दछन् ।

१० लाखको यात्रा बिमा पनि गरिएको छ । सेवा सुबिधा अन्र्तगत मासिक पत्रपत्रिका, टेलिफोन, अनुगमन खर्च, विद्युत् गरेर छ हजार पाँच सय रुपैयाँ हुने गर्दछ । त्यस्तै, बैठक भत्ता, दैनिक भ्रमण खर्च चार्डवाड खर्चवापत बर्षमा एक पटक १५ हजार रकम बुझ्ने गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष
गाउँपालिका अध्यक्षले पत्रपत्रिका, इन्टरनेट खर्च तीन हजार, टेलिफोन तीन हजार, अतिथि सत्कार पाँच हजार, अनुगमन खर्च १५ हजार, विद्युत् तथा उर्जा खर्च तीन हजार, खानेपानी सरसफाई खर्च चार हजार, सवारी इन्धन ७० लिटर मासिक रुपमा पाउने सेवा सुबिधा अन्र्तगत पाउँछन ।

अन्य सेवा सुबिधा अन्र्तगत यातायात खर्च १२ हजार, चार्डवाड खर्च १५ हजार, बैठक भत्ता एक हजार पाँच सय, दैनिक भ्रमण भत्ता एक हजार ६ सय, बैदेशिक भ्रमण गए १५० अमेरिकी डलर पाउने गर्दछन् । १० लाखको यात्रा बिमा पनि गरिएको छ ।

सेवा सुबिधा अन्र्तगत मासिक पत्रपत्रिका, टेलिफोन, अनुगमन खर्च, विद्युत् गरेर ३३ हजार, ७० लिटर इन्धनको अहिलेको बजार मूल्य अनुसार १० हजार ७ सय गरेर मासिक ४३ हजार ७ सय रुपैयाँ हुने गर्दछ । त्यस्तै, बैठक भत्ता, दैनिक भ्रमण खर्च, चाडवाड खर्चवापत बर्षमा एक पटक २५ हजार बुझ्ने गरेका छन् ।

गाउँपालिका उपाध्यक्ष
गाउँपालिका उपाध्यक्षले पत्रपत्रिका, इन्टरनेट खर्च तीन हजार, टेलिफोन तीन हजार, अतिथि सत्कार चार हजार, अनुगमन खर्च १२ हजार, विद्युत् तथा उर्जा खर्च तीन हजार, खानेपानी सरसफाई खर्च चार हजार, सवारी इन्धन ६० लिटर मासिक रुपमा पाउने सेवा सुबिधा अन्र्तगत पाउँछन ।

अन्य सेवा सुबिधा अन्र्तगत यातायात खर्च १२ हजार, चार्डवाड खर्च १५ हजार, बैठक भत्ता एक हजार पाँच सय, दैनिक भ्रमण भत्ता एक हजार ६ सय, बैदेशिक भ्रमण गए १५० अमेरिकी डलर पाउने गर्दछन् । १० लाखको यात्रा बिमा पनि गरिएको छ ।

सेवा सुबिधा अन्र्तगत मासिक पत्रपत्रिका, टेलिफोन, अनुगमन खर्च, विद्युत् गरेर २८ हजार, ६० लिटर इन्धनको अहिलेको बजार मूल्य अनुसार ९ हजार गरेर मासिक ३७ हजार रुपैयाँ हुने गर्दछ । त्यस्तै, बैठक भत्ता, दैनिक भ्रमण खर्च, चार्डवाड खर्चवापत बर्षमा एक पटक १५ हजार बुझ्ने गरेका छन् ।

वडा अध्यक्ष
गाउँपालिका वडा अध्यक्षले पत्रपत्रिका, इन्टरनेट खर्च तीन हजार, टेलिफोन तीन हजार, अतिथि सत्कार चार हजार, अनुगमन खर्च आठ हजार, विद्युत् तथा उर्जा खर्च एक हजार, खानेपानी सरसफाई खर्च एक हजार, सवारी इन्धन १५ लिटर मासिक रुपमा पाउने सेवा सुबिधा अन्र्तगत पाउँछन ।

अन्य सेवा, सुविधा अन्र्तगत बैठक भत्ता एक हजार पाँच सय, दैनिक भ्रमण भत्ता एक हजार पाँच सय, चाडबाड खर्च १५ हजार, बैदेशिक भ्रमण गए १५० अमेरिकी डलर पाउने गर्दछन् । १० लाखको यात्रा बिमा पनि गरिएको छ ।

थप सेवा, सुबिधा अन्र्तगत मासिक पत्रपत्रिका, टेलिफोन, अनुगमन खर्च, विद्युत् गरेर २० हजार, इन्धनको पहिलेको बजार मूल्य अनुसार २ हजार २ सय गरेर मासिक २३ हजार रुपैयाँ हुने गर्दछ । त्यस्तै, बैठक भत्ता, दैनिक भ्रमण खर्च, चार्डवाड खर्च बर्षमा एक पटक १५ हजार हजार बुझ्ने गरेका छन् ।

गाउँ कार्यपालिकाका सदस्य
गाउँपालिका कार्यपालिका सदस्यले पत्रपत्रिका, इन्टरनेट खर्च एक हजार, टेलिफोन एक हजार, अतिथि सत्कार एक हजार, अनुगमन खर्च पाँच हजार पाँच, विद्युत् तथा उर्जा खर्च एक हजार, खानेपानी सरसफाई खर्च एक हजार पाउने सेवा सुबिधा अन्र्तगत पाउँछन ।

अन्य सेवा, सुबिधा अन्र्तगत बैठक भत्ता एक हजार पाँच सय, दैनिक भ्रमण भत्ता एक हजार पाँच सय, चाडबाड खर्च १५ हजार पाउँछन् । बैदेशिक भ्रमण गए १५० अमेरिकी डलर पाउने गर्दछन् । १० लाखको यात्रा बिमा पनि गरिएको छ ।

सेवा सुबिधा अन्र्तगत मासिक पत्रपत्रिका, टेलिफोन, अनुगमन खर्च, विद्युत् गरेर १० हजार पाँच सय रुपैयाँ हुने गर्दछ । त्यस्तै, बैठक भत्ता, दैनिक भ्रमण खर्च, चार्डवाड खर्च बर्षमा एक पटक १५ हजार बुझ्ने गरेका छन् ।

गाउँसभाका सदस्य
गाउँपालिका सभा सदस्यले पत्रपत्रिका, इन्टरनेट खर्च पाँच सय, टेलिफोन एक हजार, अतिथि सत्कार एक हजार, अनुगमन खर्च दुई हजार पाँच, विद्युत् तथा उर्जा खर्च पाँच सय, खानेपानी सरसफाई खर्च पाँच सय पाउने सेवा सुबिधा अन्र्तगत पाउँछन् ।

अन्य थप सेवा, सुबिधा अन्र्तगत बैठक भत्ता एक हजार पाँच सय, दैनिक भ्रमण भत्ता एक हजार पाँच सय, चार्डबाड खर्च बर्षमा एक पटक १५ हजार पाउँछन् । बैदेशिक भ्रमण गए १५० अमेरिकी डलर पाउने गर्दछन् ।

१० लाखको यात्रा बिमा पनि गरिएको छ । सेवा सुबिधा अन्र्तगत मासिक पत्रपत्रिका, टेलिफोन, अनुगमन खर्च, विद्युत् गरेर पाँच हजार पाँच सय रुपैयाँ हुने गर्दछ ।

१२ वटा शीर्षकबाट सेवा, सुविधाको नाममा मासिक लाखाै‌ बुझ्छन् जनप्रतिनीधि

सम्पादकीय : दल र नेतालाई मतदाताको सन्देश

१२ वटा शीर्षकबाट सेवा, सुविधाको नाममा मासिक लाखाै‌ बुझ्छन् जनप्रतिनीधि

५ जनालाई एआईजीमा बढुवा गर्न सिफारिस

Leave a comment

Your email address will not be published. Required fields are marked *