चोरीको मोटरसाइकलसहित वडाध्यक्ष पक्राउ

जाजरकोट, ९ बैशाख ।
जाजरकोटको नलगाड नगरपालिका वडा नं. १ का वडाध्यक्ष हिरालाल पुन पक्राउ परेका छन् । चोरीको मोटरसाइकलसहित अध्यक्ष पुनलाई प्रहरीले पक्राउ गरेको हो ।

वडाध्यक्ष पुनले लामो समयदेखि लु ५९ प ०२१७ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल चलाउँदै आएका थिए । तर उनीसँग उक्त मोटरसाइकलका कुनै कागजपत्र थिएनन् । वडाध्यक्ष भएकै कारण प्रहरीले पनि खासै केरकार गरेको थिएन ।

वडाध्यक्षले चोरीको मोटरसाइकल चलाउने बारे प्रहरीमा मौखिक उजुरी परेपछि बाध्य भएर प्रहरीले नलगाड १ कल्पत स्थित सडकमा बेवारिसे अवस्थामा छोडेको अवस्थामा मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।

मोटरसाइकल नियन्त्रणमा लिए पनि पक्राउ पर्न नसकेका वडाध्यक्ष पुनलाई जनदवावपछि बुधबार प्रहरीले पक्राउ गरेको हो ।

वडाध्यक्ष पुनलाई जिल्ला अदालतले अनुसन्धानका लागि सात दिनको म्याद दिएको जिल्ला प्रहरी प्रमुख सन्तोष निरौलाले बताए । उनी अहिले प्रहरी हिरासतमा छन् । वडाध्यक्षमा फेरि दोहरिने इच्छा राखेका उनलाई चोरीको मोटरसाइकल काण्डले ठुलै धक्का लाग्ने देखिएको छ ।

चोरीको मोटरसाइकलसहित वडाध्यक्ष पक्राउ

जाजरकोटमा दुई नाल भरुवा बन्दुक फेला

चोरीको मोटरसाइकलसहित वडाध्यक्ष पक्राउ

मुख्यमन्त्री शाहीको पाँच महिनामा ३६ करोड ४४

Leave a comment

Your email address will not be published. Required fields are marked *