सुनको मूल्य वृद्धि चाँदीको यथावत

काठमाडौं ,६ असार ।
सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको यथावत छ । नेपाल सुनचाँदी व्यवसायबी महासंघका अनुसार आज सुन प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन भने सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा दुई सय रुपैयाँ बढेको हो । सोमबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंसत १८ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
स्रोत : सेतोपाटी






