पिपलबाेट सहकारी बार्षिकाेत्सवका अवसरमा अविभावकबिहिन बालबालिकालाई सहयोग

सुर्खेत, ५ असार ।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानमा रहेको पिपलबोट बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा अविभावकबिहिन बालबालिकाहरुलाई सहयोग गरेको छ ।

२० औं बार्षिक उत्सवको अवसरमा वीरेन्द्रनगर ४ मा रहेको साझा घर नेपालमा बस्दै आएका अभिभावक बिहिन वालबालिकालाई शैक्षिक सामाग्री तथा फलफुल बितरण गरेको हो ।

असार ३ गते साझा घर नेपालमा रहेका ५४ जना अभिभावक बिहिन वालवालिकालाई शैक्षिक सामाग्री तथा फलफुल बितरण गरिएको जनाएको छ ।

त्यसैगरी, संस्थाले स्थापना दिवसकै अवसर पारेर वीरेन्द्रनगर ४ का जनप्रतिनिधी, टोल बिकास संस्थाका प्रतिनिधिको सहितको सहभागितामा वीरेन्द्रनगरको रातोपुल हुदै कालुचोकसम्म सरसफाई समेत गरेको सहकारीका प्रवन्धक खनालले जानकारी दिनुभयो ।

छुट्टा छुट्टै कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्रनगर ४ का वडा अधयक्ष शेर बहादुर के.सी.ले सरसफाई कार्यक्रमको उद्घाटन गर्नुभएको थियो भने साझा घर नेपालको कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष एवं सल्लाहकार शिब प्रसाद सापकोटा रहनु भएको थियो ।

सरसफाई कार्यक्रमको अध्यक्षता संस्थाका उपाध्यक्ष मनिराम भण्डारीले गर्नु भएको थियो । यता, शैक्षिक सामाग्री बितरण कार्यक्रम संस्थाका सचिव गणेशमान खनालको नेतृत्वमा सम्पन्न गरिएको थियो ।

संस्थाले हरेक बर्ष आफ्नो बार्षिक उत्सवको अवसर पारेर समुदायमा आधारित कार्यक्रमहरु गर्दै आएको छ । कार्यक्रमको अध्यक्षता सहकारी संस्थाका सचिव गणेशमान खनालले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका प्रबन्धक रमेश खनालकले गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका सदस्यहरु, समिति, सललाहकार समिति र उपसमितिका पदाधिकारीहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । वीरेन्द्रनगर नगरपालिका कार्यक्षेत्र बनाई वित्तीय कारोबार गर्दै आईरहेको संस्थाको हालसम्म शेयरपुँजी १ करोड,८४ लाख, बचत संकलन ११ करोड, ऋण लगानी १३ करोड ५० लाख,संस्थागत पुँजी १ करोड ४१ लाख र संस्थाको कुल वासलात १६ करोड ६५ लाख रहेको प्रबन्धक खनालले जानकारी दिनुभयो । संस्थामा हालसम्म महिला पुरुष गरी २,५ सय ५९ भन्दा बढि सदस्यहरु आबद्ध भएका छन ।

पिपलबाेट सहकारी बार्षिकाेत्सवका अवसरमा अविभावकबिहिन बालबालिकालाई सहयोग

सिकारी कुकुर हिरासतमा : इमान्दार छ, मिलनसार

Leave a comment

Your email address will not be published. Required fields are marked *