सुर्खेत–कैलाली जोड्ने निर्माणाधिन दुई पक्की पुल (फोटो फिचर)

तस्विर सौजन्य : ज्योति कटुवाल/कान्तिपुर दैनिक
सुर्खेत, ७ फागुन ।
सुर्खेत–कैलाली जोड्ने दुई वटा पक्की पुल निर्माणको अन्तिम चरणमा पुगेका छन् । दोस्रो संविधान सभा सदस्य तथा पूर्व मन्त्री स्वर्गिय तप्त बहादुर विष्टको दौडधुप, पहलमा बजेट सुनिश्चितता भै ठेक्का सम्झौता भएर निर्माण सुरु भएका थिए ।
चौकुने गा.पा.–१०, घाटगाउँ र कैलाली माेहन्याल गा पा–६ जाेड्ने चिप्लेघाट कर्णाली नदी र पञ्चपुरी न.पा. ११ कुईनेघाट भेरी–कर्णाली नदीमा दुई पक्की पुल निर्माणको अन्तिम चरणमा पुगेका छन् ।
कुइनेघाटको ३२ करोड र चिप्लेघाटको ६० करोड लागतमा ठेक्का सम्झौता भएको थियो । कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश जोड्ने यी दुई महत्वपूर्ण पक्की पुल बनेपछि चौकुनेदेखि कैलाली चिसापानीको दुरी ११ किलोमिटर हुनेछ ।











