संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन ः उपसभापति खड्का

सुर्खेत, ३१ असोज ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तागठबन्धन संविधान र लोकतन्त्रको रक्षा गर्नका लागि बनेको बताएका छन् । सोमबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने , ‘हामी निर्वाचनको महाअभियानमा प्रवेश गरिसकेका छौँ । पूर्व गृहमन्त्रीसमेत रहेका खड्काले भने ‘अधुरो शान्ति प्रक्रियालाई पूर्णता दिनका लागि पनि गठबन्धनले जित्नुपर्नेछ ।

संविधान माथिको प्रहार, संविधानको रक्षा, स्थिरता र नवीनतम अभियानलाई स्थापित गर्न गठबन्धनको विजय आवश्यक रहेको बताएका हुन  । खड्काले छोटो समयमा भए पनि गठबन्धनको सरकारले नवीनतम कार्य गरेकोे बताए । खड्काले अहिलेसम्म आफू राष्ट्रिय राजनीतिमा समन्वयकारी भूमिका निर्वाह गरिरहेको बताए ।

अब तपाईं प्रधानमन्त्रीको दाबेदार हो ? भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘सुर्खेत र कर्णाली प्रदेश राष्ट्रिय राजनीतिमा कति प्रभाव राख्न सफल भएका छौँ भन्ने कुरालाई जनताले बुझेकै छन् । मैले केही वर्षअघि नै मन्त्री नबन्ने घोषणा गरेको थिएँ । त्यसलाई कार्यान्वयन गरिरहेको छु, त्यसैले कर्णालीबाट राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गरिरहेका छौँ । अब चुनावपछि नै के भूमिका निर्वाह गर्ने भन्ने कुरा निर्धारण गर्ला ।’

खड्काले विगतमा निर्वाचित जनप्रतिनिधिले अघि बढाएका अभियानलाई पूर्णता दिने कुरा सुर्खेतको हकमा पहिलो प्राथमिकता रहने समेत बताए । विगतमा भएका सबै खाले उतारचढाव र घटनाको स्मरण गर्दै लोकतन्त्र र संविधानको रक्षाका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार लिएर चुनावमा गएको उल्लेख गर्दैै आसन्न मङ्सिर ४ गते गठबन्धनका उम्मेदवारलाई भोट दिन आग्रह गरे  ।’

गोरखापत्र

संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन ः उपसभापति खड्का

कालिकोटमा बाढीपहिरोले १७ जना अझै बेपत्ता, थप

संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन ः उपसभापति खड्का

डिजेल अभावले कर्णाली राजमार्गको पहिरो पन्छाउन कठिन

Leave a comment

Your email address will not be published. Required fields are marked *