इङ्ल्याण्डविरूद्ध एक खेल अगावै भारतलाई श्रृङ्खला

काठमाडौं, २६ असार ।

भारतले दोस्रो टी २० अन्तर्राष्ट्रियमा घरेलु टोली इंग्ल्यान्डलाई ४९ रनले हराउँदै ३ खेलको सिरिज २–० ले आफ्नो पक्षमा पारेको छ । जितको लागि १ सय ७१ रनको मध्यम लक्ष्य पछ्याएको इंग्ल्यान्ड १७ ओभरमा १ सय २१ रनमा अल आउट भयो। उसका लागि मोईन अलीले सर्वाधिक ३५ रन बनाए।

यस्तै डेविड विली ३३ रनमा अविजित रहँदा डेभिड मालन १९, लियाम लिभिङस्टोनले १५ रन जोडे । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।  भारतका भुवनेश्वर कुमारले सर्वाधिक ३ विकेट लिए। उनले ३ ओभरमा १ मेडनसहित १५ रन खर्चिए। जस्प्रित बुमराह र युजभेन्द्र चहलले समान २–२ विकेट लिए। हर्षल पटेल र हार्दिक पान्ड्याले एक–एक विकेट हात पारे ।

त्यसअघि बर्मिंघममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७० रन बनाएको थियो । भारतका लागि रविन्द्र जडेजाले सर्वाधिक ४६ रन बनाए। कप्तान रोहित शर्माले ३१ रन बनाउँदा विकेटकिपर ऋषभ पन्तले २६ रन जोडे ।

विराट कोहली १ रनमा आउट हुँदा सूर्यकुमार यादवले १५ रन जोडे । हार्दिक पान्ड्या र दिनेश कार्तिकले समान १२–१२ रन जोड्दा हर्सल पटेलले १३ रन बनाए । इंग्ल्यान्डका क्रिस जोर्डनले ४ तथा रिचर्ड ग्लीसनले ३ विकेट लिए । यसअघि पहिलो खेलमा भारत ५० रनले विजयी भएको थियो । अब तेस्रो खेल आइतबार हुनेछ ।

स्रोत :  सेतोपाटी

इङ्ल्याण्डविरूद्ध एक खेल अगावै भारतलाई श्रृङ्खला

तुलसीको बिरुवा सारेर हरि शयनी एकादशी मनाइँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *