दुई महिनादेखि प्रमुख विहिन हुँदा सेवाग्राहीलाई सास्ती

सुर्खेत, २६ फागुन ।
खानेपानी तथा ढल व्यवस्थापन विभाग सुर्खेत कार्यालयमा लामो समयदेखि कार्यालय प्रमुख नहुँदा कर्णालीमा संचालित खानेपानीका आयोजनाहरु अलपत्र पर्ने अवस्थामा पुगेका छन् ।

सुर्खेत कार्यालयले कर्णालीका ६ जिल्लामा कार्य क्षेत्र बनाएर काम गरिरहेको छ । तर लामो समयदेखि कार्यालय प्रमुख नहुँदा केही आयोजनाहरु अलपत्र बन्न थालेका हुन ।

कार्यालयका अनुसार ६ जिल्लामा साना ठुला गरी करिब ८० आयोजना अहिले संचालनमा छन । ति आयोजनामध्य केही सम्पन्न भइसकेका छन । उपभोक्ता समितिमार्फत गराइएका आयोजनाहरु मध्ये आर्थिक कारोबार कार्यालयबाट नहुँदा मजदुरहरुले समेत काम सम्पन्न भएको ६ महिनासम्म रकम नपाएको गुनासो गरेका छन ।

दैलेख गुराँस गाउँपालिका वडा नम्बर ८ मा संचालित झ्याजे भिउचुला खानेपानीको भवन निर्माण उपभोक्ता समिति मार्फत सम्पन्न भएको ६ महिना पुग्दापनि मजदुरहरुले ज्याला नपाएका हुन ।

मजदुरहरुले रकम नपाएको भन्दै आफुहरुजस्ता काम गरि खानेहरुको लागि समस्या भएको गुनासो गरेका छन । काम सम्पन्न भएको लामो समयसम्म पनि आफुजस्ता २० जना मजुदुरले ज्याला नपाएको स्थानीय भोज बहादुर खड्काले बताउनुभयो ।

उनले भने, ‘हामीलाई भवन निर्माणको लागी काममा लगाइयो, काम सम्पन्न भएको ६ महिना वितिसक्यो तर रकम पाएका छैनौँ ।’ उनले थपे, ‘काम गराउने मान्छेलाई भन्दा रकम आएको छैन भन्ने अनि रकम दिने कार्यालयले केही वास्था नगर्ने हामी धेरै समस्यामा पर्यौ ।’

अहिले कार्यालय भने निमित्तको भरमा चलेको छ । कार्यालय निमित्त प्रमुख शिव बहादुर अर्यालले कार्यालय प्रमुख नहुँदा आफुहरुले समेत २ महिनादेखि तलब खान नपाएको बताए ।

आफुले यस विषयमा संघिय खानेपानी मन्त्रालयमा जानकारी गराएको भएपनि निर्णय हुन नसकेको उनको भनाई छ । कार्यालयमा पर्याप्त कर्मचारी नहुँदा काम गर्न समस्या भएको भन्दै उनले भने, ‘हाकिम साव सरुवा भएर गएको करिब दुइ महिना भयो, कार्यालयको आर्थिक कारोबारो पनि अहिले भएको छैन, कर्मचारीले पनि तलब खान पाएका छैनन ।

नयाँ हाकिम आएपछि आयोजनाहरुका भुक्तानी हुनुपर्ने रकम पनि भुक्तानी होला ।’ उनले थपे, ‘नयाँ हाकिमको विषयमा मन्त्रालयले निर्णय गर्ने हो, अब यसको समाधान छिट्टै हुन्छ भन्ने मलाई लागेको छ ।’ यता, संघिय खानेपानी मन्त्रालय अन्तरगतको खानेपानी तथा ढल व्यवस्थापन बिभागले भने यस विषयमा कुनै रेसपोन्स गर्न मानेन ।

दुई महिनादेखि प्रमुख विहिन हुँदा सेवाग्राहीलाई सास्ती

कर्णालीका दश जिल्लाबाट अब पानीको परीक्षण

दुई महिनादेखि प्रमुख विहिन हुँदा सेवाग्राहीलाई सास्ती

मध्यपश्चिम विश्वविद्यालयमा अब विश्वका प्रमुख भाषाहरु पढाइ

Leave a comment

Your email address will not be published. Required fields are marked *