मुगुको रारामा दोस्रो म्याराथन दौड प्रतियोगिता हुदै

मुगु,१८ असार ।
मुगुको रारामा दोस्रो म्याराथन दौड प्रतियोगिता हुने भएको छ । श्रीबक्स गुल्म, रारा हुटुको आयोजनामा असार २२ गते हुने गुल्मले जनाएको छ । गुल्मका गुल्मपति झलक लामाले नेपालको सबैभन्दा ठूलो रारा तालको प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।

दुई हजार ९८० मिटरको उचाइमा रहेको रारामा दौड प्रतियोगिता गर्न सकिन्छ भन्ने उद्देश्यले म्याराथन दौड राखिएको उनको भनाइ छ । सहभागी सबैलाई टिसर्ट, खानाको व्यवस्था र विजेतालाई प्रमाणपत्र तथा पुरस्कारको व्यवस्था गरिएको गुल्मपति लामाले बताए ।
स्रोत : गोरखापत्र






