समयसँगै दौडिन सक्ने चिरञ्जीवी


समय कसैको बसमा हुँदैन । अर्थात समयले कसैलाई पर्खदैन । यही कारण समयअनुसार चल्न सिक्नु बुद्धिमानी हुन्छ । किनकी समय अनुसार चल्नेहरु नै सफलताको शिखरमा पुग्न सक्छन् । त्यही मध्येका एक हुन् चिरञ्जीवी गिरी । राष्ट्रिय बाणिज्य बैंक मेहलकुना शाखाका प्रमुख उनी कुनै समय पत्रकार र शिक्षकसमेत थिए । तर शिक्षक र पत्रकारभन्दा उनलाई बैकिंङ करियर उपयुक्त ठाने । अध्ययन/अध्यापन र पत्रकारितासँगसँगै अंगालेका गिरीले अन्ततः बैकिङ क्षेत्रमा आफूलाई स्थापित गरे । प्रस्तुत छ, उनै गिरीको जीवन भोगाई र बैंकिङ क्षेत्रको अनुभवमा केन्द्रीत रहेर गरिएको कुराकानीको सारांश :

रहर लाग्दा मेलापात जान्थे

चिरञ्जीवी बुवा जनकदेव र आमा स्वर्गिय डिलादेवी गिरीका जेठो सन्तान हुनु । २०४६ जेठ १८ गते पञ्चपुरी –८ माझीगाउँ, सुर्खेतमा जन्मिएका उनको बाल्यकाल सुखद् थियो । पेशाले बुवा शिक्षक आमा कृषक हुन् । कृषक परिवारमा प्राय घरको जेठो छोराले घाँसदाउरा र मेलापात गर्ने पर्छ । तर चिरञ्जीवीलाई भने मेलापात गर्नुपर्ने बाध्यता थिए । ‘सानोमा मैले मेलापात गर्नु परेन’ चिरञ्जीवी भन्छन्, ‘रहर लाग्दा केहीलेकाँही भने आमासँगै मेलापात जान्थे ।’

पढाइमा अब्बल

प्राय विद्यार्थीहरुले भन्ने शब्द हो ‘गाउँमा पढाइ राम्रो हुँदैन ।’ तर चिरञ्जीवीलाई भने गाउँको पढाइ नै सबैभन्दा राम्रो भयो । किनकी बुवाले पढाउने विद्यालयमै उनी पढ्थे । बुवाको न्यानो माया र पढाइप्रतिको रेखदेख पढाइको बलियो जग हाल्ने उपयुक्त अवसर बन्यो । गाउँकै नेपाल राष्ट्रिय प्राथमिक विद्यालय माझिगाउँबाट कखरादेखि कक्षा ५ सम्मको अध्ययन पुरा गरे । कक्षा ६– १० सम्म जनता माध्यमिक विद्यालय विद्यापुरबाट पुरा गरेँ । २०६० सालमा एसएलसी पासगरेका गिरीले तत्कालीन वीरेन्द्रनगर बहुमुखी क्याम्पस वीरेन्द्रनगरबाट उच्च शिक्षा हाँसिल गरेका छन् । माध्यमिक तहसम्म सधैँ प्रथम हुने उनी कक्षा ९ मा भने दोस्रो भएका थिए । दोस्रो हुँदा निराश भएनन् । बरु एलएलसीमा राम्रो अंक ल्याएर पास गर्ने साहस बटुले । नभन्दै २०६० सालको एलएलसीमा विद्यालयबाट जम्मा ५ जना विद्यार्थी पास हुँदा गिरी प्रथम श्रेणीमा उत्तिर्ण भएका थिए ।

एसएलसीको रिजल्टले दुःखी बनायो । किनकी पास हुने विद्यार्थीको लिस्टमा उनको नाम थियो । प्रयोगात्मक परीक्षाको नम्बर छुट्दा विद्यालयका सबैको रिजल्ट अप्सेन्ट थियो । प्रयोगात्मक नम्बर जोडिएपछि भने उनी प्रथम श्रेणीमा पास भएका थिए । व्यवस्थापन विषयमा स्नातकोत्तर तहसम्म अध्ययन गरेका गिरीले पढाइमा कहिल्यै असफलता भोग्नु परेको छैन । पढाइका अलवा फुटबल, भलिवल र हाजिरी जवाफ जस्ता प्रतियोगिताहरु उनको रुचिका विषय थिए । विद्यालय तथा क्याम्पसमा हुने अतिरिक्त क्रियाकलपामा सकेसम्म उनी सहभागिता जनाउथे ।

आत्मनिर्भर हुन पढ्दै, पढाउँदै

२०६२ पछि चिरञ्जीवी उच्च शिक्षा पढ्न गाउँबाट वीरेन्द्रनगर आए । करिव दुई वर्षपछि इन्टर अर्थात प्रविणता प्रमाणपत्र तह पास गरे । इन्टर सकिएपछि उनी आफ्नै खुट्टामा उभिने सोच बताए । वीवीएस विद्याज्योति सहकारी विद्यालयमा जागिरको अवसर मिल्यो । तर छोराले जागिर गरेको बुवाआमालाई पटकै चित्त बुझेको थिएन ।

किनकी पढाई खर्च पुरयाउन आमाबुवालाई समस्या थिएन । बुवा शिक्षक भएका कारण पढाई खर्चको कमी थिएन । तर छोराले जागिर गर्दा पढाई विगार्छ कि भन्ने चिन्ता बुवाआमालाई थियो । तर आफ्नै खुट्टामा उभिन सिक्नुपर्छ भन्ने उद्देश्यले केही समय बोर्डिङ स्कूलमा पढाउन सुरु गरे । अध्ययनकै क्रममा बुलबुले एफएम सुर्खेतमा रेडियो पत्रकारिता गरे । पत्रकारिता, पढाईसँगसँगै शिक्षक पेशा पनि जोडिए । दुई वर्ष अस्थायी र दुई वर्ष स्थायी गरी चारवर्षम्म सैनिक आवाशिय महाविद्यालय मंगलगढीमा अध्यापन गरे । बैंकिङ क्षेत्रमा आएपछि पनि केही वर्ष इगरब्रिज माध्यमिक विद्यालयमा अध्यापन गरे ।

बैंक क्षेत्रमा पनि अब्बल

२०७० चैत ११ गतेदेखि चिरञ्जीवि बैंङ्कीङ क्षेत्रमा जोडिए । सुरुमा कम्प्युटर सहायकबाट बैकिङ् क्षेत्रमा प्रवेश गरेका उनले छोटो समयमै अब्बल बनाए । इन्टरमा कम्प्युटर विषयसमेत अध्ययन गरेका थिए । त्यही कम्प्युटर विषयले उनलाई बैंकिङ क्षेत्रमा जोड्यो । करिव चार वर्षसम्म राष्ट्रिय बाणिज्य बैंक सुर्खेत रहेर सेवा गरे । जागिरपछि योग्यता अनुसार आफूलाई अपग्रेट गरे । कम्प्युटर सहायक भएको करिव ४ वर्षपछि अर्थात २०७४ साल असार ११ गते खुल्ला प्रतिस्पर्धाबाट नायव सुब्बामा सफल भए ।

अपग्रेट भएपछि कार्यक्षेत्र बदलियो । राष्ट्रिय बाणिज्य बैंक बर्दियाको गुलरिया शाखामा छोटो समय बिताए । करिव चार महिनापछि पुनः कार्यालय सुर्खेतमा सरुवा भए । २०७४ पुस २६ गते खुल्ला प्रतिस्पर्धाबाट अफिसर अर्थात (सहायक प्रबन्धक) को सफल भए । त्यसपछि कोहलपुर शाखामा पदस्थापना भएका उनी २०७५ साउनको २७ गतेदेखि भने राष्ट्रिय बाणिज्य बैंक मेहलकुना शाखामा शाखा प्रबन्धकको जिम्मेवारीमा निर्वाह गर्दै आएका छन् ।

छोटो समयमै उनलै मेहलकुना शाखालाई अब्बल बनाएका छन् । दुई जना कर्मचारीबाट सुरु भएको मेहलकुना शाखाको सञ्चालन भएको ६ महिनामै सेवा प्रवाहमा उल्लेखनिय प्रगती गरे । उनको मेहन र अब्बलता देखेर बैंकले ६ महिनाको अवधिमै देशभरबाट ‘ङ’ बर्गको शाखामध्ये उत्कृष्ट शाखा प्रबन्धक पुरस्कृत गरयो । तर उनलाई आफूमात्रै सम्मानित भएर सुन्तुष्ट भएनन् । बैंकको शाखालाइ नै उत्कृष्ट बनाउने गरी कार्य सम्पादन गरे । नभन्दै २०७७ साल माघ चिरञ्जीवी गिरी प्रमुख, राष्ट्रिय बाणिज्य बैंक मेहलकुना शाखा, सुर्खेत १० गते देशभरका ‘ङ’ बर्गका शाखामध्ये मेहलकुना शाखालाई प्रथम बनाए । छोटो समयमै बैकिङ क्षेत्रमा अब्बल रुपमा स्थापित उनी अबकासपछि समाज सेवा गरेर गर्ने चाहना छ

दुई हप्ताको गाउँ पुग्दा….

चिरञ्जीवीले लामो समय सुर्खेतको बुलबुले एफफएमा रेडियो पत्रकारिता गरे । रेडियोमा काम गर्दा भूकम्प प्रतिरोधि राष्ट्रिय समाज र खोनपानी जस्ता विभिन्न गैरसरकारी निकायबाट प्रायोजित कार्यक्रमहरु चलाउँथे । त्यही रेडियोका कार्यसमिति सदस्य थिए हरि अधिकारी । अधिकारी असल शासन क्लव जिल्ला समन्वय समिति सुर्खेतको प्रमुख थिए । उ बेला क्लव गाउँगाउँमा सार्वजनिक सुनुवाइ गथ्र्याे ।

एकदिन अधिकारीसँग सार्वजनिक सुनुवाई कार्यक्रमको रिपोटिङका गर्न चिरञ्जीवी पनि पूर्व क्षेत्रमा पुगे । करिव दुई हप्ता पूर्व क्षेत्रमा पर्ने घोरेटा, रजेना, काप्रिचौर, काफलकोट सहितका गाविसमा पुगे । तर करिव दुई हप्ता गाउँमा बसाईले उनलाई एनजीओ क्षेत्रमा तान्थ्यो । उनको मेहनत र कामप्रतिको लगनशीलता देखेर अधिकारीले असल शासन क्लवमा जोडे । गाउँमा पुग्दा जोडिएको सम्बन्धले उनलाई असल शासन क्लव जिल्ला समन्वय समितिको प्रमुखसम्म पु¥यायो । एक कार्यकाल उनले क्लवको अध्यक्ष भएर जिम्मेवारी पुरा गरिसकेका छन् ।

बिर्सन नसक्ने ति दिन….

जीवन दुख र सुखको समिश्रण हो । समय र घटनाक्रमअनुसार मानिस सुख, दुख भोग्नुपर्छ । चिरञ्जीवीको जीवन पनि यसबाट मुक्त छैन । तर ति क्षणहरु उनका लागि बिर्सन नसक्ने घाउ भनेका छन् । २०७० सालको कुरा हो । उनी भर्खर शिक्षक पेशामा स्थायी भएका थिए । पढाइ सकिएको थियो । समयअनुसार आमा बुवाले देखेको सपना पुरा गर्दै थिए । तर जागिर खाएर आमालाई खुशी बनाउने उनको सपना धेरै समय टिकेन ।

२०७० सालमा उच्च रक्तचापका कारण आमालाई गुमाउनु प¥यो । आमालाई बचाउन १२ दिनसम्म भारतको लखनउमा लगेर उपचार गरे । तर सम्भव भएन । हरप्रयास गर्दा पनि जन्मदिने आमालाई गुमाउनु प¥यो । जुन घटना उनका लागि बिर्सन नसक्ने घाउ बनेर बसेको छ । आमा वितेको ११ दिनमा बैंकको लिखित परीक्षामा सफल भए । तर आमालाई बैंकमा जागिर खाएको सुनाउने सपना पुरा भएन । संयोग कस्तो प¥यो भने मौखिक परीक्षा सकेर पछि पुनः आमाको ४५ औँ कर्म गर्नुप¥यो । समयको उचित व्यवस्थापन र संघर्षमा रमाउन सिकेकै कारण सफलता प्राप्त भएको उनको अनुभव छ । (२०७७ माघ १८ गते आइतबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)

समयसँगै दौडिन सक्ने चिरञ्जीवी

YUGAAWHAN NATIONAL DAILY (2077-10-18)

समयसँगै दौडिन सक्ने चिरञ्जीवी

‘श्री ५ को सरकार’ भनेकोमा मन्त्री थापाकाे

Leave a comment

Your email address will not be published. Required fields are marked *