सुर्खेत जिल्ला फुटबल संघको भवन उद्घाटन, मेयर र उपमेर कप हुने निश्चित
सुर्खेत: सुर्खेत जिल्ला फुटबल संघको नवनिर्मित भवनको शुक्रबार समुद्घाटन गरिएको छ । वीरेन्द्रनगर नगरपालिका उपप्रमुख मोहनमाया ढकालले शुक्रबार जिल्ला खेलकुद बिकास समितिमा रिवन काटेर भवनको उद्घाटन गरेकी हुन् ।
भवन समुद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख ढकालले खेल जगतको लागी आफुहरु सकरात्मक भएको बताएकी छन् । खेलको बिकासका लागी संरचनाहरुमा बिशेष ध्यान दिईरहेको उनले बताईन् । अबका खेलहरुमा धेरै पदक जित्नका लागी खेलाडीहरुलाई सक्रियका साथ लाग्न आग्रह गर्दै सहयोगको लागी आफुहरु तत्पर रहेको उनको भनाई रहेको छ ।
खेल जगतलाई बिकास गरेर कर्णाली प्रदेश र नेपालको नाम विश्वमा चिनाउने खालको आट बोकेर खेलाडीलाई अघि बढ्न आवान समेत गरिन् । यस्तै भवनको समुद्घाटन कार्यक्रममा बोल्दै सुर्खेत जिल्ला फुटबल संघका अध्यक्ष जनक बहादुर रावलले कर्णालीका सबै जिल्लामा खेलको वर्गीकरण गरेर खेलाडी छनोट गर्नु पर्ने बताएका छन् ।
फागुनमा मेयरकप र उपमेयर कप हुने अध्यक्ष रावलले जनकारी दिदै वीरेन्द्रनगर नगरपालीकाका सम्पुर्ण वडाका खेलाडीहरुले भाग लिन पाउने उनले बताएका छन् । यस पछिका ठुला खेलहरु कर्णालीमै खेल सञ्चालन गर्ने बातावरण सिर्जना गरेको उनको भनाई छ । कार्यक्रममा खेलाडी, जनप्रतिनिधि र विद्यार्थिहरुको समेत सहभागीता रहकोे थियो ।